एम्बाप्पे चम्किँदा रियल म्याड्रिडको कमब्याक जित « Khabarhub

एम्बाप्पे चम्किँदा रियल म्याड्रिडको कमब्याक जित


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भिल्लारियल माथिको २-१ को कम ब्याक जितसहित रियल म्याड्रिड स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

रियलका लागि दुवै गोल केलिएन एम्बाप्पेले गरे। यो जितसँगै रियल म्याड्रिडले बार्सिलोनालाई ३ अंकले पछाडि छाडेको छ। बार्सिलोनाले आइतबार तेस्रो स्थानको एट्लेटिकोसँग खेल्ने छ।

भिल्लारियल भने लगातार दुई खेलको हारपछि तालिकाको पाँचौँ स्थानमा झरेको छ। शनिबार घरेलु भूमिमा भएको खेलमा हुवा फोइथले भिल्लारियललाई अग्रता दिलाएका थिए।

खेलको १७ औँ मिनेटमा ब्राहिम डियाजको थ्रु पासमा बराबरी गोल गरेका एम्बाप्पेले २३ औँ मिनेटमा विजयी गोल गरे।

ला लिगाका शनिबार भएका खेलमा गेरोना र भ्यालेन्सियाबीच १-१ गोलको बराबरी भयो। मालार्कोले इस्पानियोलाई २-१ ले हरायो। सेलभिगोले रियल भालाडोलिडलाई १-० ले हरायो।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ६ : ४९ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द