हल्याण्डको सय गोलको कीर्तिमान : बराबरीमा रोकियो म्यानचेस्टर सिटी « Khabarhub

हल्याण्डको सय गोलको कीर्तिमान : बराबरीमा रोकियो म्यानचेस्टर सिटी


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एर्लिङ हल्याण्डले कीर्तिमान कायम राखे पनि म्यानचेस्टर सिटीको यस सिजनको सङ्घर्ष जारी रहेको छ।

इङ्लिस प्रिमियरसीपको शनिबार राति भएको खेलमा ब्रिङटन र म्यानचेस्टर सिटी बिचको खेलमा २-२ गोलको बराबरीमा सकियो।

सय भन्दा कम प्रिमियरसिप खेलमै सय गोलमा आबद्ध हुने खेलाडीको रूपमा उनले कीर्तिमान कायम गरेका हुन्। उनले ९४ औँ खेल खेलिरहँदा सो सफलता पाएका हुन्।

११ औँ मिनेटमा हल्याण्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। सो गोल प्रिमियरसिपमा उनको ८४ औँ गोल हो। पर्भिस स्टुपिनानले २१ औँ मिनेटमा सानदार गोल गर्दै ब्रिङटनलाई खेलमा फर्काएका हुन्।

खेलको ३९ औँ मिनेटमा ओमार माउर माउसले सिटीलाई अग्रता दिलाए पनि ४८ औँ मिनेटमा सिटीकै खुसानोभले आत्मघाती गोल गरे।

बराबरीपछि सिटी ४८ अङ्कसहित पाँचौँ तथा ब्रिङटन ४७ अङ्क सहित सातौँ स्थानमा छन्। ४७ अङ्क रहेको न्यु क्यासल र ४९ अङ्क रहेको चेल्सीले एक खेल कम खेलेका छन्।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ८ : ४४ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको