मिडिया एक्सन नेपाल ‘इन्टरनेशनल नेटवर्क फर इन्फर्मेसन एण्ड डेमोक्रेसी’ को सदस्य « Khabarhub

मिडिया एक्सन नेपाल ‘इन्टरनेशनल नेटवर्क फर इन्फर्मेसन एण्ड डेमोक्रेसी’ को सदस्य


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिडिया विकास र प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने संस्था मिडिया एक्सन नेपालले सूचना र लोकतन्त्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय नागरिक समाज सञ्जाल ‘ कोएलिसन अन इन्फर्मेसन एण्ड डेमोक्रेसी ‘मा आधिकारिक रूपमा सामेल भएको छ। 

‘फोरम अन इन्फर्मेसन एण्ड डेमोक्रेसी’ को नेतृत्वमा २०२१ मा स्थापित यस सञ्जालले मिडिया एक्सन नेपाल लगायत विश्वभरका ६५ प्रमुख नागरिक संस्थाहरूलाई एकै ठाउँमा ल्याउँदैछ र विश्वव्यापी सूचना तथा सञ्चार क्षेत्रमा लोकतन्त्रको रक्षाका उपायहरूलाई प्रवर्द्धन गरिरहेको छ।

हालै,एफआईडीआईएललाई मानव अधिकार र लोकतान्त्रिक संस्थाहरूमा डिजिटल सूचना इकोसिस्टमको प्रभावको मूल्याङ्कन गर्न र नियामक र स्व-नियामक उपायहरूको विकासमा सहयोग गर्न ५५ राष्ट्रहरूले समर्थन गरेको सूचना र लोकतन्त्रको लागि साझेदारीको कार्यान्वयन निकायको रूपमा स्थापित गरिएको छ ।

यस प्रभावशाली सञ्जालमा सामेल भएर , मिडिया एक्सन नेपालले सूचनाको अखण्डता सुनिश्चित गर्ने , अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने र गलत सूचना विरुद्ध लड्ने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । स्वतन्त्र र जिम्मेवार मिडियाको वकालत गर्न २०१५ मा स्थापित यस संस्थाले मिडिया विकास, पत्रकार सुरक्षा र नीति वकालतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
 

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ३ : ४८ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा