शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध | Khabarhub Khabarhub

शान्तिपूर्ण रुपमा स्ववियु निर्वाचन गराउन शिक्षा मन्त्रालयको अनुरोध


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै त्रिभुनव विश्वविद्यालय (त्रिवि) को यही चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा गराउन र निर्धारित निर्वाचन आचारसहिंताको पालना गर्न सबै विद्यार्थी सङ्गठनलाई अनुरोध गरेका हुन् ।

“निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू कानुनबमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्ने गराउनेउपर प्रचलित कानुनबमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको छ,” प्रवक्ता सापकोटाले भने, “त्यस्ता आचारसंहिता विपरीत हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायहरुलाई अनुरोध गरिन्छ ।”

मन्त्रालयले स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।

“स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण जुनसुकै निर्वाचनका अनिवार्य सर्त हुन् । यिनै सर्तलाई पूर्ण पालना गर्दै त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनसम्बन्धी निर्देशिका, २०८१ जारी गरी निर्वाचन आचारसंहिताको व्यवस्था गरेको छ,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, “निर्धारित निर्वाचन आचारसंहिता तथा निर्देशनको पालना गर्नु विद्यार्थी सङ्गठनहरू, मतदाता तथा विश्वविद्यालय एवम् क्याम्पस प्रशासन सबैको कर्तव्य र दायित्व हुन आउँछ ।”

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १० : ३२ बजे

सीसी क्यामेरा छ भनेर ढुक्क हुनुहुन्छ ? चोर पक्राउ पर्ने ग्यारेण्टी छैन

काठमाडौं– सुरक्षाका लागि तपाईंले अफिस, पसलदेखि घरमा सीसी क्यामेरा जडान

श्रीकृष्णजन्मष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं– श्रीकृष्णजन्माष्टमी पर्व आज (शनिबार) देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी

टप टी-२० सिरिज : दोस्रो खेलमा आज बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियामा जारी भएको टप इन्ड टी-२० सिरिजमा नेपालले

इंग्लिस प्रिमियर लिग : लिभरपुलको विजयी सुरुवात

काठमाडौं– इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा लिभरपुलले विजयी सुरुवात

पुटिनले भने- अर्को पटक मस्कोमा, ट्रम्पको जवाफ- त्यो सम्भव छ

अलास्का- युक्रेन युद्ध रोक्न भएको अमेरिका-रूस वार्ता सहमति नजुटी सकिएको