ह्वाट्सएप स्टाटसमा कसरी गीत राख्ने ? « Khabarhub

ह्वाट्सएप स्टाटसमा कसरी गीत राख्ने ?


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यदि तपाईँ ह्वाट्सएपमा गीतको स्टाटस राख्न चाहनुहुन्छ भने रमाइलो अवसर छ। ह्वाट्सएपले प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गरेको छ ।

यसमा तपाईंले आफ्नो रोजाइको कुनै पनि गीतलाई स्टाटसमा राख्न सक्नुहुन्छ । अब गीतहरू अपलोड गर्ने विकल्प व्हाट्सएपमा नै उपलब्ध हुनेछ ।

ह्वाट्सएपमा कसरी गीत राख्ने ?

ह्वाट्सएप स्टाटसमा गीत राख्ने प्रक्रिया एकदमै सजिलो छ। यो फिचरले इन्स्टाग्राम र फेसबुक जस्तै काम गर्नेछ । यसको लागि ह्वाट्सएप खोल्नुहोस् । दायाँतिर देखिने विकल्पहरूमध्ये अपडेटमा क्लिक गर्नुहोस् ।

यो गरिसकेपछि ‘एड स्टाटस’ मा क्लिक गर्नुहोस् । अब ग्यालरीबाट आफूले चाहेको फोटो छान्नुहोस् । फोटो छनौट गरेपछि स्क्रिनको माथिल्लो बायाँ छेउमा संगीत आइकन देख्नुहुनेछ । संगीत आइकनमा क्लिक गर्नुहोस् । यहाँ सर्च गरेर गीत खोज्नुहोस् । त्यसपछि आफूले चाहेको गीत छान्नुहोस् ।

आफ्नो रोजाइको गीत छनोट गरेपछि आफूले चाहेको गीतको भाग छान्नुहोस् । ‘डन’ मा क्लिक गरेपछि स्टेटसमा गीत थपिनेछ। अब तलको कुनामा दिइएको सेन्ड अप्सनमा क्लिक गर्नुहोस् । यसपछि यो अपलोड हुनेछ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ७ : ०३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा