कलकताविरुद्ध पन्जाबको सनसनीपूर्ण जित : सात रनको अन्तरमा गुम्यो पाँच विकेट « Khabarhub

कलकताविरुद्ध पन्जाबको सनसनीपूर्ण जित : सात रनको अन्तरमा गुम्यो पाँच विकेट


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पन्जाब किङ्सले यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कीर्तिमानी जित हात पारेको छ।

मंगलबार राति भएको खेलमा ११२ रनको लक्ष्य पाएको कलकता नाइट राइडर्सलाई १६ रनले हराउँदै पन्जाबले नाटकीय जित हात पारेको हो। कलकताले १५.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रनमा जोड्यो।

झिनो लक्ष्य पछ्याएको कलकताले ७.३ ओभरमा दुई विकेट गुमाउँदै ६२ रन जोडेको थियो। युजभेन्द्र चावलले १७ रन जोडेको अजान्का राहनेलाई आउट गरेपछि खेल पञ्जाबको पक्षमा मोडिएको हो।

त्यसपछि चावल र ग्लेन म्याक्सवेल दुवैले कलकताको ब्याटिङ लाइनलाई धरासायी पारे। ७२ बन्दा रन अंगरिस रघुवंशी आउट भएपछि कलकता सम्हालिन सकेन।

कलकताले त्यसपछि सात रनको अन्तरमा पाँच विकेट गुमाएको हो। ग्लेन म्याकसवेलले २ ओभरमा ५ रन खर्चेर १ विकेट लिए। आर्शदीप सिंहले नवौँ विकेटको रूपमा हर्षित वैभव आरोहालाई आउट गरेपछि मार्को जेन्सनले ११ बलमा १७ रन जोडेका मार्को जेन्सनलाई आउट गरे। जेन्सनले कुल तीन विकेट लिए। प्लेयर अफ द म्याच घोषित चावलले ४ ओभरमा २८ रन खर्चेर चार विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १५.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १११ रन जोडेको थियो। पन्जाबका लागि प्रभ्सिरमन सिंहले १५ बलमा ३० रन जोडे। प्रियांस आर्यले १२ बलमा २२ रनको योगदान गरे। कलकताका हर्षित रानाले तीन विकेट लिए भने वरुण चक्रवर्ती र सुनिल नारायणले समान दुईदुई विकेट लिए।

अघिल्लो सिजन कलकतासँगको खेलमा नै पन्जाबले नै सबै भन्दा धेरै रनको लक्ष्य पुरा गरेर कीर्तिमान राखेको थियो।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  ५ : ५४ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत