हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा धुमधामसँग मनाइँदै (तस्बिरहरु) « Khabarhub

हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा धुमधामसँग मनाइँदै (तस्बिरहरु)


३ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक १२ वर्षमा एकपटक आयोजना हुने हलचोक आकाश भैरवको विशेष जात्रा यस वर्ष बैशाख १ गतेदेखि सुरु भएको हो। पुरानो परम्परा अनुसार यो जात्रा पुरै बैशाख महिनाभर विभिन्न धार्मिक कार्यक्रमसहित मनाइन्छ।

जात्राको सुरुवातमा राष्ट्रप्रमुख स्वयं उपस्थित भई पूजाआजा गर्ने परम्परा रहेको छ। जात्रामा आकाश भैरवलाई मुख्य देवताका रूपमा प्रस्तुत गरिन्छ भने चण्डी, कुमारी, पार्वती, महादेव, गंगा, आकाशदेवी, बाराही, महाकाली र दक्षिणकालीलगायतका देवीदेवताका नृत्य पनि देखाइन्छ।

हलचोक आकाश भैरव नाचगान बैशाख ३, ६, ११, १२, १३, १८, १९, २०, २१, २५, २७, र ३१ गते केलटोल, मरु डबली, असन डबली, दमाई टोल, वतु चिकंअत, न्यतपाःच्व, पहिको त्वाः, ब्रम्हटोल, खुसिबु, सोहखुट्टे, न्योखा, ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा क्रमशः प्रदर्शन हुने कार्यक्रम तय गरिएको छ।

गुठीका अभिलेखअनुसार यो जात्राको सुरुवात नेपाल संवत् १०७ मा तत्कालीन राजा गुणकामदेवले गरेका थिए। वंशावलीमा उल्लेख भएअनुसार राजा गुणकामदेवले महालक्ष्मीको दर्शन पाएका थिए र उहाँकै प्रेरणाले राज्यलाई संकटबाट जोगाउन हलचोकमा आकाश भैरवसहितका देवगणलाई तान्त्रिक विधिबाट स्थापना गरिएको हो।

यस जात्राको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाबाट २५ लाख ४० हजार रुपैयाँ र नागार्जुन नगरपालिकाबाट १३ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १० : ०४ बजे

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई