माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुभारम्भ « Khabarhub

माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुभारम्भ


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ को सुरुवात गरेका छन् ।
 
बैतडीको पाटन नगरपालिका द्वारा निर्मित स्मारकको उद्‌घाटन गरेर अध्यक्ष प्रचण्डले शुक्रबार जनजागरण अभियानको शुभारम्भ  गरेका हुन् । उद्‌घाटन कार्यक्रमअन्तर्गत प्रचण्डले पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्ने रहेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार जनजागरण अभियान जेठ मसान्तसम्म चल्ने छ । 

अभियानअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एक-एक स्थानमा जनसभाको आयोजना गर्ने छन् । 

यस्तै प्रत्येक जिल्ला समन्वय समितिले एक-एक स्थानमा जनसंवाद कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । जसअनुसार शुक्रबार माओवादी केन्द्रले पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद आयोजना गर्दैछ । 

माओवादी केन्द्रले शनिबार अछामको मंगलसेनमा, आइतबार दैलेख सदरमुकाममा, सोमबार जाजरकोटको खलंगामा जनसंवाद कार्यक्रम गर्ने तालिका छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १२ : ५० बजे

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।