माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुभारम्भ « Khabarhub

माओवादीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ शुभारम्भ


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ को सुरुवात गरेका छन् ।
 
बैतडीको पाटन नगरपालिका द्वारा निर्मित स्मारकको उद्‌घाटन गरेर अध्यक्ष प्रचण्डले शुक्रबार जनजागरण अभियानको शुभारम्भ  गरेका हुन् । उद्‌घाटन कार्यक्रमअन्तर्गत प्रचण्डले पार्टीद्वारा आयोजित सभालाई सम्बोधन गर्ने रहेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार जनजागरण अभियान जेठ मसान्तसम्म चल्ने छ । 

अभियानअन्तर्गत मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एक-एक स्थानमा जनसभाको आयोजना गर्ने छन् । 

यस्तै प्रत्येक जिल्ला समन्वय समितिले एक-एक स्थानमा जनसंवाद कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । जसअनुसार शुक्रबार माओवादी केन्द्रले पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद आयोजना गर्दैछ । 

माओवादी केन्द्रले शनिबार अछामको मंगलसेनमा, आइतबार दैलेख सदरमुकाममा, सोमबार जाजरकोटको खलंगामा जनसंवाद कार्यक्रम गर्ने तालिका छ ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १२ : ५० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि