प्रचण्डले भने- सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ « Khabarhub

प्रचण्डले भने- सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

अमरगढी– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल, डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले डडेल्धुरामा पर्याप्त सम्भावना रहेको औँल्याउँदै यहाँबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए । “डडेल्धुरा सम्भावनायुक्त जिल्ला हो, यहाँ विकासमा ध्यान दिन सकियो भने विकासको नमूना बन्न सक्छ,’ उनले भने । 

अध्यक्ष दाहालले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए । ‘पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सञ्चालन गर्‍यौँ, अब पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछौँ’, उनले भने । 

पहिलो चरणको जागरण अभियान झापाबाट सुरु गरी दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने अध्यक्ष दाहालले जानकारी दिए । 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १ : ४१ बजे

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार