प्रचण्डले भने- सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ « Khabarhub

प्रचण्डले भने- सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

अमरगढी– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल, डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले डडेल्धुरामा पर्याप्त सम्भावना रहेको औँल्याउँदै यहाँबाट भइरहेको बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिए । “डडेल्धुरा सम्भावनायुक्त जिल्ला हो, यहाँ विकासमा ध्यान दिन सकियो भने विकासको नमूना बन्न सक्छ,’ उनले भने । 

अध्यक्ष दाहालले देशका दुई प्रमुख भौगोलिक क्षेत्र लक्षित गरेर पार्टीले जागरण अभियान सञ्चालन गरिरहेको जानकारी दिए । ‘पहिलो चरणमा तराई केन्द्रित हुलाकी राजमार्ग क्षेत्रमा जागरण अभियान सञ्चालन गर्‍यौँ, अब पहाडी क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्दैछौँ’, उनले भने । 

पहिलो चरणको जागरण अभियान झापाबाट सुरु गरी दोस्रो चरणको अभियान बैतडीबाट सुरु भएर सोलुखुम्बुमा समापन गरिने अध्यक्ष दाहालले जानकारी दिए । 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १ : ४१ बजे

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ।