सलमान रुस्दीमाथि आक्रमण गरेका माटारलाई २५ वर्षको जेल सजाय  « Khabarhub

सलमान रुस्दीमाथि आक्रमण गरेका माटारलाई २५ वर्षको जेल सजाय 


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा सन् २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीको हत्या प्रयास गरेको अभियोगमा एक अमेरिकी–लेबनानी नागरिकलाई शुक्रबार सजाय हुने भएको छ ।

अमेरिकी–लेबनानी नागरिक २७ वर्षीय हाडी माटारलाई यसै वर्षको फेब्रुअरीमा हत्या प्रयास र आक्रमणको अभियोगमा दोषी ठहर गरिएको थियो । 

माटारले आफूमाथि छुरा प्रहार गरेको र कुटपिट गरेको सुनुवाईको क्रममा रुस्दीले बताएका थिए । 

रुस्दीले भने, ‘यो मेरो आँखामा छुरा प्रहारबाट चोट लागेको थियो, यो असाध्यै पीडादायी थियो, त्यसपछि दुखाइका कारण म चिच्याएको थिएँ ।’

मुद्दाको सुनुवाइका क्रममा धेरै पटक प्यालेस्टाइनको समर्थनमा नारा लगाएका माटरले रुस्दीलाई छ इन्चको धारिलो हतियार (छुरा) ले १० पटक प्रहार गरेको स्वीकारेका थिए ।

यसअघि उनले सञ्चारमाध्यमसँगको कुराकानीमा रुस्दीको ‘द स्याटानिक भर्सेस’का दुई पृष्ठ मात्र पढेको तर लेखकले ‘इस्लाममाथि आक्रमण गरेको’ विश्वास गरेको बताएका छन् ।

सन् १९८९ मा इरानले रुस्दीको हत्याको माग गरेको फतवापछि माटारको कानुनी टोलीले रुश्दीलाई उत्पीडनको सिकार भएको भनी चित्रण नगर्न साक्षीलाई अनुरोध गरेको थियो । 

इरानले आक्रमणकारीसँग कुनै सम्बन्ध नरहेको बताउँदै घटनाका लागि रुस्दी नै दोषी रहेको दाबी गरेको छ । 

आक्रमणमा रुस्दीको दाहिने आँखाको ‘अप्टिकल नर्भ’ काटिएको (चोट लागेको) थियो र उनले अदालतसमक्ष भने, ‘आँखालाई मोइस्चराइज गर्नका लागि बन्द गर्ने निर्णय गरिएको थियो। यो एकदम पीडादायी शल्यक्रिया थियो जुन म कसैलाई यसका लागि सिफारिस गर्दिन।’

आक्रमणबाट रुस्दीको रूद्रघण्टी, कलेजो र सानो आन्द्रामा पनि चोट लागेको थियो र पाखुरामा नशा काटिएपछि (स्नायुमा क्षति पुगेपछि) उनको एउटा हातमा पक्षाघात भएको थियो । 

अहिले ७७ वर्ष पुगेका बेलायती मूलका अमेरिकी रुस्दीलाई माटरको आक्रमणपछि उद्धार गरी अस्पताल भर्ना गरिएको थियो । गत वर्ष उनले ‘नाइफ’ नामक संस्मरण प्रकाशित गरेका थिए, जसमा उनले मृत्युनजिकको अनुभवलाई  प्रस्तुत गरेका छन् ।

‘द इलेभेन्थ आवर’ रुस्दीको विषयवस्तु र रुचिका स्थानहरूको जाँच गर्ने लघुकथाहरूको सङ्ग्रह ‘द इलेभेन्थ आवर’ नोभेम्बर ४, २०२५ मा सार्वजनिक गरिने उहाँको प्रकाशकले मार्चमा घोषणा गरेको छ।

मुम्बईमा जन्मिएका रुस्दी आफ्नो दोस्रो उपन्यास ‘मिडनाइट्स चिल्ड्रेन’ (१९८१) बाट चर्चामा आएका थिए, उक्त उपन्यासले स्वतन्त्रतापछिको भारतको चित्रणका लागि बेलायतको प्रतिष्ठित बुकर पुरस्कार जितेको थियो। तर ‘द शटानिक भर्सेस’ ले रुस्दीलाई अझ बढी अर्थात् सोचेभन्दा बढी ध्यान आकर्षित गर्‍यो ।

रुस्दी विशेष गरी, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र इस्लाम धर्मको अपमान गर्नु कुनै पनि परिस्थितिमा अस्वीकार्य छ भन्ने कुरामा जोड दिनेहरूबीच भीषण रस्साकस्सीको केन्द्र बने ।

विवादका कारण उनका पुस्तक र पुस्तक पसलहरूमा समेत आगो लगाइयो, उनको जापानी अनुवादकको हत्या गरियो र उनको नर्वेली प्रकाशकलाई धेरै पटक गोली हानि मार्ने प्रयास गरिएको थियो।

रुस्दी सन् १९८९ को फतवापछि एक दशकसम्म लण्डनको एकान्तवासमा बसेका थिए । तर विगत २० वर्षदेखि उनी न्युयोर्कमा सामान्य रुपमा बस्दै आएका छन्  । –रासस

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  २ : ५९ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक