उपेन्द्रले भने- भूमि विधेयक भूमाफियाको स्वार्थमा आयो, सशक्त विरोध गर्छौँ « Khabarhub

उपेन्द्रले भने- भूमि विधेयक भूमाफियाको स्वार्थमा आयो, सशक्त विरोध गर्छौँ


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वन र भूमि सक्ने गरि भूमाफियाको स्वार्थअनुकुलका प्रावधान राखेर भूमिसम्बन्धी विधेयक सरकारले ल्याएको भन्दै विरोध गरेका छन् ।

भूमिसम्बन्धी अध्यादेश पनि देश र जनताको हितमा नभएकोले आफूहरू विरोधमा उत्रिएको बताउँदै यादवले विधेयकको पनि कडा प्रतिरोध गर्न उल्लेख गरे ।

‘भूमिसम्बन्धी अध्यादेश देश र जनताको हितमा थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ । अहिले फेरि वन र भूमि सक्नेखालका भूमाफियाको स्वार्थअनुकुल हुनेगरि तिनै प्रावधान राखेर सरकारले भूमिसम्बन्धी विद्येयक ल्याएको छ, सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौँ’, उनले भनेका छन् ।

गत पुस २६ गते सरकारले भूमिसम्बन्धीसहित चार अध्यादेश अघि बढाएको थियो । जसमध्ये चार अध्यादेशलाई गत पुस २९ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका थिए । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपतिले तीन दिनपछि माघ २ मा मात्रै जारी गरेका थिए । त्यसअघि पुस १४ सहकारीसम्बन्धी अध्यादेश अघि बढेको थियो ।

तर त्यसबेला जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशमा साथ नदिने बताएपछि ६ मध्ये ५ अध्यादेश गत माघ १८ गते संसद्मा पेश भएका थिए ।

गत फागुन २२ गते प्रतिनिधिसभा बैठकमा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार’ र ‘लगानी अभिवृद्धि’ अध्यादेश स्वीकार गरियोस् भन्ने सरकारको प्रस्ताव बहुमतबाट पारित भएका थिए ।

सरकारले संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक माघ १८ मा सरकारले यी पाँच र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’ सहित ६ अध्यादेश पेश गरेको थियो ।

तर भूमिसम्बन्धी अध्यादेशमा जसपाकै विरोधकै कारण सरकार पछि हटेको थियो । संसद्मा पेश गरेको उक्त अध्यादेश सरकारले निष्क्रिय गरेको थियो । तर अहिले त्यही अध्यादेशलाई विधेयकका रुपमा जस्ताको तस्तै पेश गरेको भन्दै यादवले आपत्ति जनाएका हुन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ३ : ५४ बजे

युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा

अनशनरत अजय सोडारीलाई भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– विभिन्न माग राखी ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका जेन-जी

राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न माग गर्दै झण्डा सम्मान अभियानले आयोगलाई बुझायो ज्ञापनपत्र

काठमाडौं- विभिन्न राजनैतिक दल र दलका उम्मेदवारले नेपाली राष्ट्रिय झण्डाको

स्वास्थ्य बीमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम

पर्वत- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बीमालाई प्रभावकारी

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना