उपेन्द्रले भने- भूमि विधेयक भूमाफियाको स्वार्थमा आयो, सशक्त विरोध गर्छौँ « Khabarhub

उपेन्द्रले भने- भूमि विधेयक भूमाफियाको स्वार्थमा आयो, सशक्त विरोध गर्छौँ


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वन र भूमि सक्ने गरि भूमाफियाको स्वार्थअनुकुलका प्रावधान राखेर भूमिसम्बन्धी विधेयक सरकारले ल्याएको भन्दै विरोध गरेका छन् ।

भूमिसम्बन्धी अध्यादेश पनि देश र जनताको हितमा नभएकोले आफूहरू विरोधमा उत्रिएको बताउँदै यादवले विधेयकको पनि कडा प्रतिरोध गर्न उल्लेख गरे ।

‘भूमिसम्बन्धी अध्यादेश देश र जनताको हितमा थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ । अहिले फेरि वन र भूमि सक्नेखालका भूमाफियाको स्वार्थअनुकुल हुनेगरि तिनै प्रावधान राखेर सरकारले भूमिसम्बन्धी विद्येयक ल्याएको छ, सडक र सदन दुवै मोर्चाबाट सशक्त विरोध गर्छौँ’, उनले भनेका छन् ।

गत पुस २६ गते सरकारले भूमिसम्बन्धीसहित चार अध्यादेश अघि बढाएको थियो । जसमध्ये चार अध्यादेशलाई गत पुस २९ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका थिए । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राष्ट्रपतिले तीन दिनपछि माघ २ मा मात्रै जारी गरेका थिए । त्यसअघि पुस १४ सहकारीसम्बन्धी अध्यादेश अघि बढेको थियो ।

तर त्यसबेला जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशमा साथ नदिने बताएपछि ६ मध्ये ५ अध्यादेश गत माघ १८ गते संसद्मा पेश भएका थिए ।

गत फागुन २२ गते प्रतिनिधिसभा बैठकमा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व’, ‘निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार’ र ‘लगानी अभिवृद्धि’ अध्यादेश स्वीकार गरियोस् भन्ने सरकारको प्रस्ताव बहुमतबाट पारित भएका थिए ।

सरकारले संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक माघ १८ मा सरकारले यी पाँच र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’ सहित ६ अध्यादेश पेश गरेको थियो ।

तर भूमिसम्बन्धी अध्यादेशमा जसपाकै विरोधकै कारण सरकार पछि हटेको थियो । संसद्मा पेश गरेको उक्त अध्यादेश सरकारले निष्क्रिय गरेको थियो । तर अहिले त्यही अध्यादेशलाई विधेयकका रुपमा जस्ताको तस्तै पेश गरेको भन्दै यादवले आपत्ति जनाएका हुन् ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ३ : ५४ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई