हितेन्द्रदेव भन्छन्- सानो समस्या आउँदैमा लोडसेडिङ हुँदैन, इन्भर्टर र मैनबत्ती खोज्ने कुरा नगरौँ « Khabarhub

हितेन्द्रदेव भन्छन्- सानो समस्या आउँदैमा लोडसेडिङ हुँदैन, इन्भर्टर र मैनबत्ती खोज्ने कुरा नगरौँ


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धनुषाको ढल्केबर आसपासको क्षेत्रमा उच्चबेगसहित चलेको हावाहुरीका कारण ढल्केबर-मुजफरपुर ४०० केभी डबल सर्किट लाइनको दुवैतिर समस्या देखिँदा विद्युत् आपूर्ति अनियमित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यो लाइनमार्फत आपूर्ति हुँदै आएको विधुतमा अचानक समस्या देखिँदा केही घण्टा अवरुद्ध भएको बताउ ।

यही बिहीबार १ गते बेलुका करिब २ घण्टा त्यही कारण मध्य र पूर्वी नेपालमा बिजुली काटिएको उनले बताए ।

कार्यकारी निर्देशक शाक्यले मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति र प्रविधिक समस्याका कारण सिर्जित प्रतिकुल अवस्थालाई लोडसेडिङसँग जोडेर अब इन्भर्‍टर र मैनबत्तीका दिन आए भन्न नमिल्ने बताए ।

उनले सामाजिक सञ्जालमा व्याप्त भनाइमा कुनै सत्यता नभएको प्रष्ट पारे । अब नेपालमा लोडसेडिङ सुरु नहुने भन्दै प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले अफवाहको पछि नलाग्न आग्रह गरेका छन् ।

शाक्यले विद्युत् उत्पादनमा वृद्धि भए पनि सोही अनुरूप प्रसारण लाइन सञ्जालको विस्तार हुन नसक्दा विद्युत् आपूर्तिमा गम्भीर समस्या देखिएको बताए ।

शुक्रबार प्राधिकरणको स्युचाटार सबस्टेसनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक शाक्यले प्रसारण सञ्जाललाई द्रूत गतिमा विस्तार गर्न नसकिए बिहीबार राति जस्ता सामान्य घटनाबाट बारम्बार विद्युत् आपूर्ति प्रभावित (ट्रिपिङ) भइरहने बताए ।

‘प्रसारण लाइन सञ्जाल अब पनि तीव्र गतिमा विस्तार गर्दै नलगे साह्रै ठूलो समस्या, संकट र दुर्घटना निम्तिन सक्छ’, उनले भने ।

कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको पूर्वाधार, उपकरण र समग्र नेटवर्कको कमजोरीका कारण विद्युत् आपूर्तिमा समस्या आइरहेको स्वीकारे ।

‘यसलाई चाँडो सम्बोधन नगरे सानो–सानो घटनामा पनि ट्रिपिङ भइरहने हुन्छ। यसले ठूला समस्या र दुर्घटना पनि निम्त्याउन सक्छ,’ उनले भने, ‘हिजो राति मैले साढे २ घण्टा कन्ट्रोल रुममा बसेर सबै हेरेँ। अब हामी हिजोभन्दा उत्कृष्ट काम गर्छौँ। यसमा कसैले पनि चिन्ता लिनुपर्दैन, प्रणालीलाई अझै सुधार्दै लान्छौं ।’

माग र प्रणालीको आकार बढ्दै जाँदा सोही अनुपातमा पूर्वाधार विस्तार हुन नसक्दा प्रणालीले धान्न सक्नेभन्दा बढी भार परेको उनले बताए ।

‘अहिले हामी ‘विक लिङ्क’ (कमजोर बिन्दु) मा पुगेका छौँ। जहाँ–जहाँ विक लिङ्क भेटिन्छ, त्यहाँ ब्रेक हुन्छ र ट्रिप हुने समस्या देखिन्छ,’ उनले थपे, ‘प्रसारण लाइनहरूको क्षमताको सीमामा पुगिसकेको छ, जसले लाइन ट्रिप हुने गर्छ। यस्तो हुन नदिन पनि हामी आफैंले आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउने गर्छ ।’

स्युचाटार र बालाजु सब-स्टेशनमा पनि यस्तै समस्या रहेको औँल्याउँदै उनले ढल्केबरबाट चन्द्रनिगाहपुर हुँदै पथलैया जाने प्रसारण लाइनमा पनि ओभरलोड भइरहेको बताए ।

वर्षायाममा पर्याप्त बिजुली हुँदा पनि उक्त क्षेत्रमा प्रणालीको कमजोरीका कारण लोडसेडिङ हुने गरेको उनले स्वीकारेका छन् ।

भिडियाेमा पनि हेर्नुहाेस्:

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ५ : ४८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि