ऊर्जामन्त्री खड्का र संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्रीबीच भेटवार्ता « Khabarhub

ऊर्जामन्त्री खड्का र संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्रीबीच भेटवार्ता


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र संयुक्त अरब इमिरेट्सका ऊर्जा तथा दिगोपनाका लागि सहायक विदेशमन्त्री अब्दुल्ला बलालाबीच भेटवार्ता भएको छ ।

सगरमाथा संवादका लागि नेपाल आएका सहायक विदेशमन्त्रीसँग सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशको ऊर्जा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भेटका क्रममा ऊर्जामन्त्री खड्काले नेपालमा जलविद्युत् क्षेत्रको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनले सरकारले हालै ऊर्जा विकाससम्बन्धी मार्गचित्रको लक्ष्य लिएकाले यसलाई कार्यान्वयन गर्न संयुक्त अरब इमिरेट्सको साथ र सहयोग आवश्यक रहेको बताए । 

मन्त्री खड्काले जलविद्युत्, सौर्य ऊर्जा, हरित हाइड्रोजन तथा प्रसारण लाइनलगायत प्रमुख क्षेत्रमा संयुक्त अरब इमिरेट्सलाई लगानी गर्न आग्रह गरे । 

भेटमा संयुक्त अरब इमिरेट्सका विदेश सहायकमन्त्री अब्दुल्लाले नेपालको नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स इच्छुक रहेको बताएका थिए । उनले आगामी दिनमा ऊर्जा क्षेत्रको विकासमा दुई देशबीच सहकार्य र समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

भेटमा ऊर्जासचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाई सचिव सरिता दवाडीलगायत मन्त्रालयका उच्च अधिकारी र संयुक्त अरब इमिरेट्सका प्रतिनिधिको सहभागिता थियो ।
 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ६ : ०९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार