रवीन्द्र मिश्रलाई छाड्ने आदेशमा सर्वोच्चले भन्यो- प्रमाण संकलन भइसकेकाले थुनिरहनु परेन | Khabarhub Khabarhub

रवीन्द्र मिश्रलाई छाड्ने आदेशमा सर्वोच्चले भन्यो- प्रमाण संकलन भइसकेकाले थुनिरहनु परेन


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको ४९ औँ दिनमा सर्वोच्च अदालतको आदेशअनुसार शुक्रबार अपरान्ह थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र डा. तिलप्रसाद श्रेष्ठको इजलासले प्रहरीले चैत १५ गतेको घटनामा मिश्रमाथि लागेका आरोपसम्बन्धी प्रमाणहरू संकलन गरिसकेको देखिएकाले थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका उपरजिष्ट्रार निराजन पाण्डेका अनुसार मिश्रलाई जिल्ला प्रहरी कार्यालयले चाहेका बेलामा उपस्थित गराउने गरी कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनामुक्त गरिदिन विपक्षीका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश भएको छ ।

‘निजलाई काठमाडौं जिल्ला अदालतबाट वैशा १० गते थप समय हिरासतमा राख्न अनुमति दिँदा नै निजबाट संकलन गर्नुपर्ने प्रमाण संकलन भइसकेको अवस्था देखाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ बमोजिम हाजिर जमानीमा छोड्न ध्यानाकर्षण गराइएको पाइन्छ’, सर्वोच्चले भनेको छ, ‘हालसम्मको अनुसन्धान तहकिकातको अवस्था हेर्दा निज निवेदकसँग सम्बन्धित अधिकांश प्रमाण संकलनको कार्य सम्पन्न भइसकेको देखिएको, थप प्रमाण संकलन गर्नुपर्ने भए सो बमोजिम संकलन गर्न पनि नसकिने अवस्था नरहेको तर, निजलाई हिरासतमै राख्नुपर्ने सम्मको अवस्था नदेखिँदा पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा जिल्ला प्रहरी कार्यालयले खोजी गरेका बखत उपस्थित गराउने गरी निजका कानुन व्यवसायीको जिम्मा लगाई तत्काल थुनाबाट मुक्त गरी दिनु भनी विपक्षीहरुका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ’, सर्वोच्चले भनेको छ ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा काठमाडौं जिल्ला अदालतबाट आठौँ पटकसम्म म्याद थपको अनुमति दिई मिश्रलगायतलाई हिरासतमा राखिएको थियो ।

गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादी समूहले गरेको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनले ज्यान गुमाएका थिए ।

उक्त घटना भएको साँझ मिश्रलाई भिड उक्साएर हिंसा भड्काउन भूमिका खेलेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले मिश्रमाथि राज्यद्रोह, संगठित अपराध, र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरिरहेको थियो ।

उनीविरुद्ध पछिल्लो पटक मंगलबारसहित आठौँ पटक म्याद लिइएको थियो । उनी ४९ दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । अब उनी प्रक्रिया पूरा गरेर आजै छुटेका छन् ।

भिडियाेमा पनि हेर्नुहाेस्:

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ७ : १२ बजे

‘सिने ब्रिफ’ : हराए आकाश र पुष्प, घर झगडा मिलाउन भारत उडिन् विपना, हिट बन्यो ‘ऊनको स्वीटर’

हेडलाइनहरु :०८२ सालको पहिलो हिट फिल्मको दौडमा ‘ऊनको स्वीटर’अग्र्यानिक फिल्मको

मदन–आश्रितप्रति उच्च सम्मान : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का तत्कालीन महासचिव मदन

इजरायलको आक्रमण : गाजामा ११५ जना मारिए

काठमाडौं – इजरायलले गाजा खाली गराउनका लागि गरेको आक्रमणमा ११५

आजका लागि तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि

मेलम्चीको पानी बालाजु र नागार्जुनमा विस्तार गरिने

काठमाडौं– काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले