परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त « Khabarhub

परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज संयुक्त अधिराज्यको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले शिष्टाचार भेट गरे । परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादमा सहभागिताका लागि नेपाल आएकी उपमन्त्री हमेनबीच आज सो साइडलाइन भेटवार्ता भएको हो ।

उनीहरूबीच नेपाल र बेलायतबीचको लामो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धका बारेमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले बेलायतले नेपालको आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेकी थिइन् । 

सो अवसरमा जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा गर्न सकिने संयुक्त सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री डा राणाले त्यस अवसरमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको माग गर्दै आएको स्मरण गराउँदै त्यसमा नेपालले बेलायतको सहयोग र सहकार्यको अपेक्षा गरेको पनि बताइन् ।   

त्यसैगरी मन्त्री डा राणासँग आजै संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्री अब्दुल्लाह बलालाले शिष्टाचार भेट गरिन् । त्यस अवसरमा उनीहरूबीच नेपाल युएइ सम्बन्ध र आपसी हितका साथै जलवायु परिवर्तनको न्यूनिकरणका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

साथै आजै मन्त्री डा राणासँग अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी विशेष प्रतिनिधि एवं कोप २९ का अध्यक्ष मुख्तर बाबायबले पनि शिष्टाचार भेटवार्ता गरेकी छन् । 

उनीहरूका बीचमा नेपाल र अजरबैजानको अपसी सम्बन्धका साथै दुई देशले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा विचार विमर्श गरेका थिए ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ७ : ५२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि