परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त « Khabarhub

परराष्ट्रमन्त्री डा राणा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज संयुक्त अधिराज्यको संसदीय मामिलासम्बन्धी उपमन्त्री ब्यारोनेस हमेनले शिष्टाचार भेट गरे । परराष्ट्रमन्त्री डा राणा र सगरमाथा संवादमा सहभागिताका लागि नेपाल आएकी उपमन्त्री हमेनबीच आज सो साइडलाइन भेटवार्ता भएको हो ।

उनीहरूबीच नेपाल र बेलायतबीचको लामो र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धका बारेमा कुराकानी भएको थियो । त्यस क्रममा मन्त्री डा राणाले बेलायतले नेपालको आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरेकी थिइन् । 

सो अवसरमा जलवायु परिवर्तनको असर कम गर्न आगामी दिनमा गर्न सकिने संयुक्त सहकार्यका विषयमा छलफल भएको थियो । मन्त्री डा राणाले त्यस अवसरमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको माग गर्दै आएको स्मरण गराउँदै त्यसमा नेपालले बेलायतको सहयोग र सहकार्यको अपेक्षा गरेको पनि बताइन् ।   

त्यसैगरी मन्त्री डा राणासँग आजै संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्री अब्दुल्लाह बलालाले शिष्टाचार भेट गरिन् । त्यस अवसरमा उनीहरूबीच नेपाल युएइ सम्बन्ध र आपसी हितका साथै जलवायु परिवर्तनको न्यूनिकरणका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

साथै आजै मन्त्री डा राणासँग अजरबैजानका राष्ट्रपतिका जलवायु सम्बन्धी विशेष प्रतिनिधि एवं कोप २९ का अध्यक्ष मुख्तर बाबायबले पनि शिष्टाचार भेटवार्ता गरेकी छन् । 

उनीहरूका बीचमा नेपाल र अजरबैजानको अपसी सम्बन्धका साथै दुई देशले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा विचार विमर्श गरेका थिए ।

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  ७ : ५२ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प

स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यक : मन्त्री गौतम

पर्वत– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी

अवैध लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-४ तिलकपुर बस्ने डिल बहादुर बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो

ओली–बालेनको छायाँमा परेका झापा-५ का अरु उम्मेदवार के गर्दैछन् ?

काठमाडौं– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित

रवि र बालेनलक्षित प्रचण्डको टिप्पणी : स्टन्टबाजहरूले घण्टी बजाएर केही हुनेवाला छैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले सामाजिक