‘जेब्रा क्रसिङ’मा कति सुरक्षित छन् यात्रु ? (तस्बिरहरू)  « Khabarhub

‘जेब्रा क्रसिङ’मा कति सुरक्षित छन् यात्रु ? (तस्बिरहरू) 


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पैदल यात्रुले सडक पार गर्न कि आकाशे पुलको व्यवस्था गरिएको हुन्छ कि त सडकमै सेतो लामो धर्काहरू बनाएर चिनो लगाइएको हुन्छ, जसलाई जेब्रा क्रसिङ भनिन्छ । जेब्रा क्रसिङ यात्रुलाई बाटो काट्नका लागि बनाइएको हो ।

ट्राफिक नियमअनुसार जुनसुकै सवारीसाधनले जेब्रा क्रसिङबाट बाटो काट्नका लागि यात्रुलाई प्राथमिकता दिनुपर्छ । जेब्रा क्रसिङको लाइन सुरु हुनुअघि नै सवारीसाधन रोक्नुपर्छ । ट्राफिक नियमको उल्लङ्घन गरेमा जरिवाना लाग्ने सूचनाहरू पनि ठाउँठाउँमा टाँगिएका हुन्छन् । त्यसमाथि नियम पालना गराउन ट्राफिक प्रहरीसमेत सडकमा खटिएकै हुन्छन् ।

जेब्रा क्रसिङ पैदल यात्रुका लागि हो तर सवारी चालकले यो कुरा बुझेर पनि अटेर गरिरहेको देखिन्छ । जेब्रा क्रसिङमै गाडी, मोटरसाइकल रोकेको देखेर पनि ट्राफिक प्रहरी टुलुटुलु हेरिरहेका देखिन्छन् । अझ कुनै कुनै सार्वजनिक गाडीका चालकले त जेब्रा क्रसमै घ्याच्च बस रोकेर यात्रु चढाएको समेत देखिन्छ ।

जेब्रा क्रसिङबाट बाटो काट्न समेत डराउनुपर्ने अवस्था आएको यात्रुहरू अनुभव सुनाउँछन् । ‘जेब्रा क्रसिङमा त पैदल यात्रुले ढुक्क भएर बाटो काट्न पाउनुपर्ने हो नि तर हात दिँदा पनि रोक्दैनन् । सवारी चालक त गैरजिम्मेवार भए नै, ट्राफिक समेत टुलुटुलु हेरेर बस्छन्,’ माइतीघरको जेब्रा क्रसिङबाट बाटो काट्न लागेका एक पैदल यात्रुले भने । जेब्रा क्रसिङको मतलब नगर्नेमा मोटरसाइकल र सार्वजनिक सवारीसाधन अगाडि रहेको उनको अनुभव छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ (संशोधन २०७५) को दफा १३२ मा सवारीसाधन कहाँ र कसरी रोक्ने भन्ने उल्लेख छ । यो दफाले भन्छ– ‘जेब्रा क्रसिङमा मानिस ओहोरदोहोर गरेको अवस्थामा वा दोबाटो वा चौबाटोमा रहेको ट्राफिक बत्तीले रोक्ने सङ्केत गरेकोमा गाडी रोक्नुपर्छ ।’ तर सडकमा हेर्‍यो भने जेब्रा क्रसिङ कहिल्यै खाली हुँदैनन् । गाडी रोकेर बटुवालाई सडक वारपार गर्न दिएको विरलै भेटिन्छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ११ : ०६ बजे

राष्ट्रियसभा : सहायक प्रजनन प्रविधिको प्रयोगसम्बन्धी कानुन निर्माणको सङ्कल्प प्रस्ताव पारित

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा (मकवानपुर)- बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

फिलिपिन्सको विद्यालयमा गोली हानाहान, दुई जनाको मृत्यु

मनिला- दक्षिणी फिलिपिन्सको एउटा विद्यालयमा शुक्रबार एक विद्यार्थीले गरेको घातक

रसुवा बाढीमा खोज, उद्धार र राहत पहिलो प्राथमिकता : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रसुवा बाढीपछि अहिले

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु, रूद्रसिंह सचिवमा बढुवा

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई