इरानको नयाँ अर्थमन्त्रीमा अली मदनी नियुक्त « Khabarhub

इरानको नयाँ अर्थमन्त्रीमा अली मदनी नियुक्त


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बढ्दो मुद्रास्फिति र घट्दो मुद्रालगायत बढ्दो आर्थिक समस्यासँग जुध्न मन्त्री परिषद्ले नियुक्त गरिएका अली मदनी जादेहलाई सोमबार नयाँ अर्थमन्त्रीका रूपमा अनुमोदन गरेको छ । 

इरानका पूर्ववर्ती अब्दोलनासेर हेम्मातीलाई आर्थिक समस्या समाधान गर्न असफल भएको भन्दै अविश्वासको प्रस्तावमा सत्ताच्युत गरिएको केही महिनापछि ४३ वर्षीय मदनीजादेहलाई इरानको अर्थमन्त्रीमा नियुक्त गरिएको हो ।

सरकारी टेलिभिजनका अनुसार मदनीजादेहले २९० सदस्यीय संसद्मा उपस्थित सांसदको पक्षमा १७१ विपक्षमा ६१ मत प्राप्त भएको छ भने आठ सांसद अनुपस्थित रहेका छन् ।
 
इरानको अर्थतन्त्र लामो समयदेखि अमेरिकी प्रतिबन्धका कारण तनावमा रहेको छ, जसले लगातार दोहोरो अङ्कको मुद्रास्फीति र बढ्दो उपभोक्ता मूल्यलाई बढावा दिएको छ।

गत जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानमाथि ‘अधिकतम दबाब’ दिने प्रतिबन्ध अभियानलाई पुनः सुरु गरेका थिए । 

आर्थिक संकटको सामना गरिरहेको इरानमा अहिले इजरायलसँगकाृ क्षेत्रीय द्वन्द्वको  नाटकीय वृद्धिले इरानलाई संकट समाधानका लागि तत्काल नयाँ व्यक्ति ल्याउन बाध्य पारेको देखिन्छ ।  

गत शुक्रबारदेखि इजरायलले इरानको सैन्य अखडा, आणविक स्थल र आवासीय क्षेत्रलाई लक्षित गरी इरानमाथि व्यापक आक्रमण गरेको छ ।

यस आक्रमणमा परी शीर्ष सैन्य कमाण्डर, आणविक वैज्ञानिक र सर्वसाधारणसहित कम्तीमा २२४ जनाको मृत्यु भएको छ । इरानले त्यसको जवाफमा ड्रोन र क्षेप्यास्त्र प्रहार गरी इजरायलमा कम्तीमा २४ जनाको ज्यान लिएको प्रधानमन्त्री कार्यालयको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

इरानले इजरायललाई मान्यता दिँदैन र लामो समयदेखि उसले आफ्नो आणविक केन्द्रविरुद्ध विध्वंसकारी अभियान चलाएको र आफ्ना वैज्ञानिकहरूको हत्या गरेको आरोप लगाउँदै आएको छ। 

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ६ : २७ बजे

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि

अष्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट बरामद

काठमाडौँ– नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन