व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड « Khabarhub

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड


२ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र तिनवटै तहको निर्वाचन सँगसँगै हुने भएकाले पार्टीमा आबद्ध सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस झापा जिल्ला कार्यसमितिले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीलाई धेरैभन्दा धेरै स्थानमा विजयी बनाउन कार्यकर्ताको महत्वपूर्ण भूमिका हुने भएकाले एकताबद्ध अहिलेदेखि नै एकताबद्ध भएर काम गर्नुपर्ने बताए। पार्टीलाई सुदृढ बनाउन हरेक कार्यकर्ता जनताका बीचमा जानुपर्ने उनको भनाइ थियो ।

देशमा राजनीतिक, आर्थिक, सामाजिक परिवर्तन गर्न कांग्रेसकै नेतृत्वबाट सम्भव भएको चर्चा गर्दै महामन्त्री शर्माले वर्तमान शासन व्यवस्थाको विकल्प नभएको बताए ।

कांग्रेस झापाका सभापति देउमान थेबेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीले क्रियाशील सदस्यता नवीकरण सात दिनमा पूरा गरेर केन्द्रलाई बुझाइने जानकारी दिइएको थियो ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ८ : ०७ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार