यसरी हुँदैछ गाःहिटी पुनर्निर्माण (तस्बिरहरू) « Khabarhub

यसरी हुँदैछ गाःहिटी पुनर्निर्माण (तस्बिरहरू)


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडा नम्बर २६ मा अवस्थित गाःहिटीको पुनर्निर्माण गरिरहेको छ ।

महानगरको सम्पदा तथा पर्यटन विभाग अन्तर्गत पुनर्निर्माणको काम भइरहेको छ ।

ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको हिटीको अवस्था निकै जीर्ण भएकाले यसलाई पुरानै स्वरूपमा जगेर्ना गर्न उपभोक्ता समितिको नेतृत्वमा काम भइरहेको हो ।

ठमेल गाःहिटी परिवार उपभोक्ता समितिको संयोजनमा पुरातात्त्विक इँटाको प्रयोग गरी भुइँ निर्माण गरिनुका साथै काठको काम र रंगरोगन गरिँदैछ ।

परियोजनाको कुल सम्झौता रकम भ्याट र ओभरहेड बाहेक ७३ लाख ३३ हजार रहेको छ । २०७८ साल फागुन ६ गते सम्झौता भएकोमा २०८२ फागुन ६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : १७ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै