पुटिनलाई स्वागत : अलास्कामा बी- २ बमवर्षक उडाएर ट्रम्पले दिन खोजेको सन्देश « Khabarhub

पुटिनलाई स्वागत : अलास्कामा बी- २ बमवर्षक उडाएर ट्रम्पले दिन खोजेको सन्देश


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

अलास्का – अलास्काको जोइन्ट बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शुक्रबार राति रेड कार्पेटमा स्वागत गरे।

पुटिनको स्वागतका क्रममा अमेरिकी वायुसेनाका बी२ स्पिरिट स्टेल्थ बमवर्षक र चारवटा एफ ३५ लाइटनिङ फाइटर जेटले आकाशमा प्रदर्शन गरे।

लामो दूरीको आक्रमण क्षमताका लागि प्रसिद्ध बी२ बमवर्षक हालै मात्र इरानका आणविक स्थलहरूमा बम हान्न प्रयोग गरिएका थिए।

शिखर वार्ताअघि नै ती बमवर्षक उक्त वेस क्याम्पमा तैनाथ थिए। यो उडानलाई नर्दन एज २०२५ अभ्यासको हिस्सा मानिए पनि धेरैले यसलाई अमेरिकाको सैन्य शक्तिको प्रदर्शनका रूपमा व्याख्या गरेका छन्। केही कूटनीतिज्ञले यसलाई ट्रम्पको एउटा चाल भनेका छन् ।

पुटिन आफ्नो एल९६–३०० पीयु विमानमा अङ्करेज पुगेका थिए । उनको प्रतिनिधिमण्डल बोकेको टीयु–२१४ विमान पनि साथमा थियो। स्वागतपछि संक्षिप्त टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले निकट भविष्यमा पुनः भेट हुने संकेत दिए। उनले भने, ‘हामी चाँडै फेरि कुरा गर्नेछौँु सम्भव भएसम्म चाँडै भेट्नेछौँ। धेरै धन्यवाद, भ्लादिमिर।’

जवाफमा राष्ट्रपति पुटिनले ‘अर्को पटक मस्कोमा’ भने। यसमा प्रतिक्रिया दिँदै ट्रम्पले मुस्कुराए, ‘त्यसमा म केही आलोचना खान सक्छु । तर यो सम्भव पनि हुनसक्छ।’

यस शिखर वार्तामा अमेरिकाले सैन्य शक्ति प्रदर्शन र कूटनीतिक सन्देश दुवै दिन खोजेको विश्लेषण गरिँदैछ।

प्रतिक्रिया

एकजना युक्रेनी सांसदले म्यासेजिङ एप टेलिग्राममार्फत तिखो प्रतिक्रिया दिएका छन् । युक्रेनका सांसद ओलेक्सी गोन्चारेन्कोले राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति ट्रम्पसँग अलास्कामा भएको भेटमार्फत ‘केही समय किनेका’ भनेर प्रतिक्रिया दिएका छन्।

गोन्चारेन्कोले लेखेका छन् ‘कुनै युद्धविराम वा तनाव कम गर्ने सहमति भएको छैन। युक्रेनी सांसले भनेजस्तै अमेरिकी राष्ट्रपति ट्रम्पले शिखर वार्तालाई उच्च अंक दिए पनि नतिजा भने निस्किएन ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ७ : ४८ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी