ओलीकै गृह जिल्लाका नेताले मागे राजीनामा « Khabarhub

ओलीकै गृह जिल्लाका नेताले मागे राजीनामा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह जिल्ला झापाका नेता रविन कोइरालाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

बिहीबारको केन्द्रीय कमिटी बैठकमा बोल्ने क्रममा कोइरालाले ओलीले नेतृत्वबाट बिदा लिनुपर्ने भन्दै राजीनामा मागेका हुन् । ओली झापा दमकका हुन् भने कोइराला बाहुनडाँगीका हुन् ।

केन्द्रीय कमिटीका एक नेताका अनुसार उनले दोस्रो दिनको बैठकमा ओलीको राजीनामा मागेका हुन् ।
‘अध्यक्ष कमरेड तपाईंले बिदा लिएर अब पार्टीको अभिभावक भएर बस्नुहोस् । महाधिवेशनसम्म एकजना संयोजक तोकेर जानुपर्छ, यसरी पार्टी अगाडि बढ्दैन’, बैठकमा नेता कोइरालाले भने, ‘नैतिक हिसाबले अध्यक्ष कमरेडले बिदा लिएको राम्रो हुन्छ। संयोजक तोकेर एघारौं महाधिवेशन गरौं ।’

कोइराला झापा एमालेमा दुई कार्यकाल अध्यक्ष भइसकेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ११ : ३४ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका