अध्यक्ष ओलीको राजीनामा माग्ने पदाधिकारीहरूकै एमाले बैठकमा मागियो राजीनामा « Khabarhub

अध्यक्ष ओलीको राजीनामा माग्ने पदाधिकारीहरूकै एमाले बैठकमा मागियो राजीनामा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य लक्ष्मी गौतमले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने पदाधिकारीलाई पहिले आफूले पद छाड्न सुझाएकी छन् ।

केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रममा सुनसरीबाट प्रतिनिधित्व गर्ने गौतमले केही पदाधिकारीले अध्यक्षको राजीनामा मागेको चर्चा भइरहेकोले बताउँदै केन्द्रीय सदस्यहरूले उहाँहरूको राजीनामा माग्दा के हुन्छ भनेर सोधेकी छन् ।

‘हामीले सुनिरहेका छौँ, केही पदाधिकारीले सचिवालय बैठकमा अध्यक्षको राजीनामा माग्नु भयो रे’, गौतमले भनिन्, ‘तपाईंहर” पनि दुई पटक पदाधिकारी भइसक्नु भयो । तपाईंहरूको राजीनामा हामी केन्द्रीय सदस्यले माग्यौँ भने दिनुहुन्छ ?’

गौतमले कसैले राजीनामा मागेकै भरमा एक वर्ष कार्यकाल बाँकी रहेको पार्टीको महाविधेशन गर्न हतारिनु नपर्ने बताइन् । ‘हाम्रो कार्यकाल अझै एक वर्ष छ । कसैले राजीनामा मागेकै कारण हतारिएर महाधिवेशन गर्नुपर्ने स्थिति छैन,’ गौतमले भनिन्।

अर्का केन्द्रीय सदस्य रोमनाथ ओलीले केपी अध्यक्षको विकल्प खोजेर पार्टीमा विवाद निम्त्याउने समय अहिले नभएको बताए छ ।

‘पार्टी र नेतृत्व यस्तो संकटमा गुज्रिएको छ । यसैबेला राजीनामा माग्ने ?’ ओलीले भने,‘नेतृत्वका चयनका लागि महाधिवेशन घोषणा भइसकेको छ । यस विषयमा त्यही छलफल गरौं । त्यही टुंगो गरौं ।’

ओलीले कार्यकर्ता र जनताका वास्तविक समस्या र गुनासा केन्द्रीय कमिटीसम्म आइनपुगेको बताए ।

उनले केन्द्रीय कमिटीमा छलफल भएभन्दा फरक खालका गुनासा जनतामा रहेको बताए ।

‘हामीसँग जनताका गुनासा फरक छन् । ती विषय यहाँ आइपुगेका छैनन्’, ओलीले भने, ‘यसका लागि कार्यकर्ता र जनताको गुनासो सुन्ने अभियान पार्टीले घोषणा गर्नु पर्दछ ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १२ : २५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको