अध्यक्ष ओलीको राजीनामा माग्ने पदाधिकारीहरूकै एमाले बैठकमा मागियो राजीनामा « Khabarhub

अध्यक्ष ओलीको राजीनामा माग्ने पदाधिकारीहरूकै एमाले बैठकमा मागियो राजीनामा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य लक्ष्मी गौतमले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने पदाधिकारीलाई पहिले आफूले पद छाड्न सुझाएकी छन् ।

केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने क्रममा सुनसरीबाट प्रतिनिधित्व गर्ने गौतमले केही पदाधिकारीले अध्यक्षको राजीनामा मागेको चर्चा भइरहेकोले बताउँदै केन्द्रीय सदस्यहरूले उहाँहरूको राजीनामा माग्दा के हुन्छ भनेर सोधेकी छन् ।

‘हामीले सुनिरहेका छौँ, केही पदाधिकारीले सचिवालय बैठकमा अध्यक्षको राजीनामा माग्नु भयो रे’, गौतमले भनिन्, ‘तपाईंहर” पनि दुई पटक पदाधिकारी भइसक्नु भयो । तपाईंहरूको राजीनामा हामी केन्द्रीय सदस्यले माग्यौँ भने दिनुहुन्छ ?’

गौतमले कसैले राजीनामा मागेकै भरमा एक वर्ष कार्यकाल बाँकी रहेको पार्टीको महाविधेशन गर्न हतारिनु नपर्ने बताइन् । ‘हाम्रो कार्यकाल अझै एक वर्ष छ । कसैले राजीनामा मागेकै कारण हतारिएर महाधिवेशन गर्नुपर्ने स्थिति छैन,’ गौतमले भनिन्।

अर्का केन्द्रीय सदस्य रोमनाथ ओलीले केपी अध्यक्षको विकल्प खोजेर पार्टीमा विवाद निम्त्याउने समय अहिले नभएको बताए छ ।

‘पार्टी र नेतृत्व यस्तो संकटमा गुज्रिएको छ । यसैबेला राजीनामा माग्ने ?’ ओलीले भने,‘नेतृत्वका चयनका लागि महाधिवेशन घोषणा भइसकेको छ । यस विषयमा त्यही छलफल गरौं । त्यही टुंगो गरौं ।’

ओलीले कार्यकर्ता र जनताका वास्तविक समस्या र गुनासा केन्द्रीय कमिटीसम्म आइनपुगेको बताए ।

उनले केन्द्रीय कमिटीमा छलफल भएभन्दा फरक खालका गुनासा जनतामा रहेको बताए ।

‘हामीसँग जनताका गुनासा फरक छन् । ती विषय यहाँ आइपुगेका छैनन्’, ओलीले भने, ‘यसका लागि कार्यकर्ता र जनताको गुनासो सुन्ने अभियान पार्टीले घोषणा गर्नु पर्दछ ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १२ : २५ बजे

यी हुन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले काठमाडौंमा उम्मेदवार टुङ्ग्याएको छ।  मंगलबार काठमाडौंका दस

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा

एमाले रुकुम पूर्वका पूर्व अध्यक्ष सहितका जिल्ला नेताहरू नेकपामा गरे प्रवेश

काठमाडौं– नेकपा (एमाले) रुकुम जिल्लाका पूर्व अध्यक्ष टोपबहादुर ओली सहितका

नारायणकाजीले गराए सर्लाही-३ बाट उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नं

‘निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं– सरकारले निर्वाचनका निम्ति शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको