घाइतेको स्पष्ट पहिचान नहुँदा राहत वितरण हुन सकेन « Khabarhub

घाइतेको स्पष्ट पहिचान नहुँदा राहत वितरण हुन सकेन


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– सरकारले गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका घाइतेहरूका लागि राहत रकम जिल्ला प्रशासनमा पठाएको छ । तर घाइतेको एकिन पहिचान हुन नसक्दा वितरण हुनसकेको छैन ।

हालसम्म राहत रकम वितरण गर्न नसकेको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताए। गृहमन्त्रालयले पठाएको घाइतेको सूचीमा बागलुङ घर भएको बताइए पनि यकिन ठेगाना नखुलेको उनको भनाइ छ ।

काठमाडौँ र पोखरामा भएको प्रदर्शनमा युवाहरू घाइते भएका थिए । प्रशासनले ती युवाहरूको खोजी गरिरहेको गुरुङले जानकारी दिए।

प्रदर्शनमा घाइते युवालाई सम्पर्कमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । घाइतहरूले राजधानीसहित विभिन्न सहरका अस्पतालमा उपचार गराएको भए पनि राहत रकम लिन नआएको उनको भनाइ छ । गृह मन्त्रालयले पाँच जना घाइतेका लागि जनही २० हजारका दरले जम्मा रु एक लाख पठाएको छ ।

घाइतेमध्ये अभियानकर्मीका रूपमा चिनिएका बागलुङ नगरपालिका–३ का सोम शर्मासमेत हुन्। उनको हालै ठेगाना पत्ता लागेको छ । त्यसबाहेक सङ्घर्ष भुसाल, मनोज सुनार, नारायण सत्याल र किरण थापामगरको ठेगाना र अभिभावकको समेत जानकारी नपाइएकाले राहत रकम वितरण गर्न नसकिएको जिल्ला प्रशासनले जनाएको छ । 
 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  १ : १८ बजे

सुनको मूल्यमा भारी वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

इरानी आक्रमणको डरले गाडी बोक्ने विमान चढेर ट्रम्प बेलायत पुगेको खुलासा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीबाट बेलायत जाने

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार