इस्टूलाई आफ्नै स्टाट्स गलपासो, कमेन्ट बक्समा गालीको वर्षा « Khabarhub

इस्टूलाई आफ्नै स्टाट्स गलपासो, कमेन्ट बक्समा गालीको वर्षा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र ओमानबीचको विश्वकप एसिया र इस्ट इसिया प्यासिफिक छनोट खेल हेर्दै गर्दा उत्साहित भएर फेसबुकमा राखेको स्ट्याट्सले सोसल मिडिया इन्फ्ल्युएन्सर इस्टू कार्कीलाई तनाव भएको छ ।

इस्टूले राखेको स्ट्याट्स द्विअर्थी भएपछि उनी आलोचित बनेकी हुन् । सामाजिक सञ्जालमा उनले यसबारेमा नकारात्मक टिप्पणी भोगिरहेकी छन् ।

उनको द्विअर्थी स्ट्याट्सको कमेन्ट बक्समा अश्लील प्रतिक्रियाहरु छरपष्ट छन् ।

उनलाई मुख्यत: दुई स्ट्याट्सले विवादमा ल्याएको हो । पहिला, ‘नन्दु बिस्तारै’ । दोस्रो, ‘सोम झार्देको ?’

अहिले भने इस्टूले दोस्रो स्ट्याट्सलाई सम्पादन गरेर ‘सोम विकेट झार्देको ?’ बनाएकी छन् । उनले बुधबार आधा रातमा ती स्ट्याटस राखेकी हुन् ।

इस्टूको स्ट्याटस पढ्नेले उनले प्रयोग गरेका शब्द यौन कर्मसँग जोडेका छन् ।

रातको समय उनको फेसबुकबाट यस्तो स्ट्याट्स आएपछि धेरैले मदिराको बेहोसीले काम गरेको बुझेका छन् ।

धेरै चर्चा भएपछि उनले भिडियोमार्फत् स्पष्टीकरण दिएकी छन् । त्यस भिडियोमा उनले स्ट्याट्समा आफूले चयन गरेको शब्द द्विअर्थी रहेको स्वीकार गरेकी छन् ।

नियतवस् उक्त द्विअर्थी शब्दहरु प्रयोग नगरेको उनले स्पष्टीकरण दिएकी छन् ।

उनले अगाडि भनेकी छन्, ‘क्रिकेटको बारेमा जे बोल्दा नि दोहोरो अर्थ नै लाग्ने रहेछ ।’

खेलमा उत्साहित भएर स्ट्याट्स राख्दा शब्द चयनमा आफ्नो ध्यान नपुगेको उनको दाबी छ ।

उनले भनिन्, ‘छिटो स्ट्याट्स लेख्यो, पोस्ट गर्‍यो अनि टीभीमा खेल पनि हेर्नुप¥यो नि त । छिटो छिटो गर्दा त्यो भयो ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ११ बजे

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि

बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र

नेपाली क्रिकेट टोलीमा व्यापक फेरबदल: किन आउट भए सोमपाल र कुशल ?

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स भ्रमणमा टोलीको प्रदर्शन

भोजपुरको फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा