नेपाली सेनाद्वारा सञ्चारकर्मीका लागि अभिमुखीकरण तालिम सम्पन्न « Khabarhub

नेपाली सेनाद्वारा सञ्चारकर्मीका लागि अभिमुखीकरण तालिम सम्पन्न


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धरान– नेपाली सेनाको पूर्वी पृतनाले सञ्चारकर्मीका लागि आयोजना गरेको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गत असोज २७ गतेदेखि पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको अभिमुखीकरण तालिममा कोशी प्रदेशअन्तर्गत १४ जिल्लाका २३ जना सञ्चारकर्मीको सहभागिता थियो ।

तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै पृतनापति उपरथी गौरवकुमार केसीले नेपाली सेनाले खेलकुद, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, उद्धार तथा पुनःस्थापनासम्मका विविध क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताए।

उनले भने, ‘सेनाले केवल राष्ट्रिय सुरक्षा र सीमाको रक्षामात्र होइन, राष्ट्रिय एकता, शान्ति स्थापना, आपसी सद्भाव र सहअस्तित्व प्रवर्द्धनमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।’

उपरथी केसीले अभिमुखी कार्यक्रमबाट नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी र राष्ट्रिय भूमिकाबारे थप ज्ञान र सन्तुलित दृष्टिकोण विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

चारदिने अभिमुखीकरण तालिममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको भूमिका, सेनाको तैनाथी तथा शान्ति स्थापना कार्य, विकास, निर्माणमा योगदान, अभिलेखीकरण प्रणालीको प्रयोग, प्रभावकारिता र चुनौती, विपद् प्रतिकार्य, जैविक विविधता, वातावरणीय सन्तुलन, स्थानीय समुदायसँगको सहकार्यलगायतका क्षेत्रमा नेपाली सेनाले पुर्‍याउँदै आएको भूमिकाका विषयमा जानकारी गराइएको थियो ।

सो अवसरमा नेपाली सेनाका विभिन्न कार्यक्रम तथा गतिविधिलगायतका विषयलाई प्रचारप्रसार गर्न सहयोग पुर्याएको भन्दै १३ वटा सामुदायिक रेडियो स्टेसनहरूलाई सम्मान गरिएको थियो ।
 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ०८ बजे

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु

सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित

स्पिन बोल्दाक- अफगानिस्तानको दक्षिणी सीमावर्ती व्यापारिक केन्द्रस्पिन बोल्दाकमा गाडीका पार्टपुर्जा आयात–व्यापार