ओलीको राजीनामा माग्नेहरूलाई पासाङ शेर्पाले दिए विदेशी एजेन्टको संज्ञा « Khabarhub

ओलीको राजीनामा माग्नेहरूलाई पासाङ शेर्पाले दिए विदेशी एजेन्टको संज्ञा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पाले जारी दशौं केन्द्रीय कमिटी बैठकमा पार्टीको वर्तमान नेतृत्वप्रति समर्थन जनाएका छन् ।

उनले पार्टीको दशौं केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनको पनि समर्थन जनाएका हुन् ।

उले जेन-जी आन्दोलनको अवसर पारी संकटको घडीमा मूल नेतृत्वमाथि नै प्रहार गर्दै पार्टी भित्र भाँडभैलो मच्चाउन खोज्ने काम भएकोमा आपत्ति जनाए ।

‘विधान महाधिवेशनमा असहमति केही थियो कि भनेर अध्यक्षले सोध्दा सबैले ठिकछ भनेर सहमति जनाए। अनि जेन्जी आन्दोलनले आगो लगाएपछि अब केपी ओलीले नहुनु पर्छ, विदा लिनु पर्छ भन्दै हिँड्ने-यस्तो व्यवहार देखेर म दुख व्यक्त गर्छु,’ उनले भने ।

उनले केपी ओलीलाई हटाउनुपर्ने एजेन्डा विदेशी खुफिया एजेन्डा भएको सुनाए । ‘त्यो एजेन्डा कार्यान्वयन गर्ने नेपाली हस्तीहरू प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईं बनेका हुन्’, उनले भने, ‘अहिले हाम्रै केही नेताहरूले उनीहरूको एजेन्डा बोकेर हिँड्न थालेका छन्। पार्टीका महत्वपूर्ण पदमा बसेर पनि शत्रुका एजेन्डालाई मलजल गर्ने गरी नेताहरूबाट यस्ता गतिविधि हुनु संगठनका लागि गम्भीर अपराध हो।’

ओलीले पार्टी र देशको नेतृत्व सम्हालेदेखि नै हाम्रो देश बाँच्न थालेको र स्वाधीन तथा स्वाभिमानी राष्ट्रको रूपमा अघि बढ्न थालेको जिकिर गरे ।

‘अहिले फेरि जेन-जी आन्दोलनको आवरणमा देशी–बिदेशी शक्तिहरूले हाम्रो देशलाई एम्बुसमा पारेर ध्वस्त बनाएका छन्। यो गम्भीर अवस्थामा कमरेड केपी शर्मा ओलीले नै नेतृत्व लिनु पर्ने आवश्यकताभन्दा झन् बढेको छ’, उनले भने, ‘अतः यो आवश्यकतालाई ठोस र मूर्त रूप दिन आगामी महाधिवेशनमा ओलीकै निर्विरोध नेतृत्वमा एमालेलाई अघि बढाउने प्रस्ताव लिएर जानु पर्दछ।’

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार