प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन « Khabarhub

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण रहेको बताएका छन् ।

तर उक्त आन्दोलनलाई लिएर तत्कालीन सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलता नअपनाउँदा हिंसात्मक बनेको उनले बताएका छन् ।

बिहीबार चितवनमा नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो । तर, सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो’, उनले भने, ‘गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो ।’

प्रचण्डले घटनापछि भदौ २३ गते राति नै काठमाडौं फर्केर पार्टीको आकस्मिक बैठक बसेको स्मरण गराए । सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै निर्णय सार्वजनिक गरेको उनले स्मरण गराए।

‘हामीले आन्दोलनलाई वैधानिकता दियौँ । प्रतिपक्षी दलहरूलाई एउटै धारणा बनाउन आग्रह गरियो र प्रत्यक्ष समन्वय गरेर देशलाई शान्तिपूर्ण समाधानतर्फ डोर्याउन पहल गरियो,’ उनले अगाडि भने ।

भदौ २४ गते सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठक सकेर बाहिरिने क्रममा सुरक्षाको जोखिम बढेपछि आफ्नो पहलमा सुरक्षा खोज्दै सेनाको समन्वयमा सिंहदरबारभित्र सुरक्षित रहनुपरेको प्रसंग पनि उनले झिके। ‘हामीलाई कसैले लिएको होइन, हामीले परिस्थिति मूल्याङ्कन गरेर सुरक्षा संयन्त्रको सहायतामा सुरक्षित स्थानमा गयौँ’, उनले भने ।

प्रचण्डले देशको वर्तमान राजनीतिक अवस्थाले अब निर्वाचनबाहेक अर्को उत्तम विकल्प नदिएको स्पष्ट पारे । अब दलहरू निर्वाचनतर्फ उन्मुख हुनुपर्ने उनले बताए ।

‘राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन्,’ उनले भने ।

संसद् पुनःस्थापना हुनसक्ने भए पनि उक्त एजेन्डा अब गौण बनिसकेको उनले बताए । ‘एमाले बाहेकका सबै दलहरू निर्वाचनमा जान सहमत भइसकेका छन्’, उनले भने, ‘एमालेभित्र पनि बहुमत चुनावका पक्षमा छन् । ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै प्रचण्डले विगतका गल्तीहरूबाट कुनै आत्मसमीक्षा नभएको उल्लेख गरे । ‘उनकै कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो । तर, आज पनि कुनै पश्चाताप छैन’, उनले भने ।

प्रचण्डले वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिएका छन् । ‘समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुन्छ, त्यो घोषणा केही दिनभित्र हुनेछ । हाम्रो एकताको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो’, उनले भने ।

विश्लेषकहरूले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा अग्रस्थानमा आउने सम्भावना रहेको बताएको पनि उनले सुनाए । ‘तीन प्रमुख पार्टीमध्ये माओवादी नम्बर एकमा आउन सक्छ भन्ने आँकलन भइरहेका छन्,’ उनले अगाडि भनेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : २१ बजे

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि