ओलीपछि नेपाललाई संकट : रामकुमारी र घनश्यासहित सात नेताले मागे राजीनामा « Khabarhub

ओलीपछि नेपाललाई संकट : रामकुमारी र घनश्यासहित सात नेताले मागे राजीनामा


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै गएको छ ।

अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि पार्टीका देखिएको किचलो उग्र रुप लिएको हो ।

बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेताहरूले जेन-जीहरूको माग पूरा गर्नका लागि नेतृत्व अर्थात् अध्यक्ष माधवकुमार नेपालले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाएका हुन्।

नेपालको राजीनामा माग्दै यस्तो आवाज उठाउने नेताहरूमा महासचिव घनश्याम भुसाल, नेतृ रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ लगायत सातजना रहेका छन् ।

अध्यक्ष नेपालको राजीनामा मागिएको कुरा नेतृ झाँक्रीले पुष्टि गरेकी छन् । ‘युवा पुस्ताको मुख्य माग नै अहिले सबै दलका नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने हो’, उनले भनिन्, ‘हामीले बैठकमा के भनेको भने नेतृत्वले मात्रै होइन, मार्ग प्रशस्त गर्नुपरे हामी पनि गर्न तयार छौँ, तर सुरुवात नेतृत्वबाट हुनुपर्छ ।’

नेतृ झाँक्रीले युवाहरूको माग पार्टीले सम्बोधन गर्नुपर्ने कुरामा कञ्जुस्याइँ गर्न नहुने कुरा पनि बुधबारको बैठकमा राखिएको जानकारी दिएकी छन् ।

बैठकमा बोलेका अधिकांश नेताहरूले अध्यक्ष नेपाललाई आफूमाथि लागेको आरोप खण्डन गर्नुभन्दा पुष्टि नहुन्जेलसम्म मार्ग प्रशस्त गर्न भनेका थिए ।

उनीहरूले भ्रष्टाचार मुद्दा लागेको सन्दर्भमा पनि अदालतबाट निरुपण नहुन्जेल अध्यक्ष नेपालले नेतृत्वबाट विश्राम लिनुपर्ने कुरा उठाएका छन् ।

बुधबार विवाद र तनावबीच सकिएको स्थायी कमिटी बैठकले बिहीबारका लागि भर्चुअल बैठक तय गरेको थियो ।

तर नेताहरूबीचको तिक्ताका कारण उक्त बैठक स्थगित भएको छ । अब आगामी कात्तिक १२ र १३ मा केन्द्रीय कमिटी बैठक आलोकनगरमै बस्ने उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।

माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाका दलहरूबीच एकताको गृहकार्य भइरहेका बेला नेकपा एसले पूर्वनिर्धारित बैठक स्थगित गरेको हो ।

यसअघि बुधबार मात्रै चितवन पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता अब निष्कर्षमा पुग्न लागेको जानकारी दिए ।

‘समाजवादी मोर्चाभित्रको पार्टी एकता पहिलो चरणमा हुन्छ, त्यो घोषणा केही दिनभित्र हुनेछ । हाम्रो एकताको दीर्घकालीन लक्ष्य एमालेसम्म पुगेर सबै वाम शक्तिलाई एकताबद्ध बनाउने हो’, उनले भने ।

तर उता श्रीमतीको उपचारका लागि भारतमा रहेका सम्मानित नेता झलनाथ खनालले गत असोज २६ मा अहिले पार्टी एकीकरणको ‘मौसम’ नभएको बताएर अध्यक्ष नेपाललाई अप्ठेरोमा पारिदिएका थिए ।

उनले एमालेबाट भएको चार वर्षे विद्रोहको यात्राको गहिरो र आत्मालोचनात्मक समीक्षा गर्नुपर्नेमा पनि जोड दिएका थिए । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत पत्नी रविलक्ष्मी चित्रकारलाई स्याहारिरहेका खनालले आफ्नो भनाइ सार्वजनिक गर्दै माओवादीसँग नमिल्न नेतृत्वलाई चेतावनी दिएका थिए ।

अहिलेको अवस्थामा हतारमा एकता गर्ने प्रयास गलत दिशातर्फको कदम भन्दै उनले त्यसबाट पार्टीलाई भड्खालोमा पुर्‍याउन सक्ने बताएका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ६ : ५८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार