कांग्रेस बैठक : छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा जोड « Khabarhub

कांग्रेस बैठक : छिटो भन्दा छिटो महाधिवेशन गर्नुपर्नेमा जोड


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । 

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरूले पार्टीको पन्ध्रौँ महाधिवेशन तयारी सम्बन्धमा नेतृत्व गम्भीर हुनुपर्ने र छिटो भन्दा छिटो पार्टीको नियमित महाधिवेशन हुनुपर्ने सुझाव दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए

उनले महाधिवेशन कार्यतालिकाका विषयमा बैठकमा कुनै प्रस्ताव नआएको भन्दै सदस्यको सुझावका आधारमा बैठकले उचित निर्णय लिने बताए । त्यस्तै नेताहरूले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको छानविन हुनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने, निर्वाचनको तयारीका लागि सरकारले ध्यान दिनुपर्ने लगायतका धारणा राखेको प्रवक्ता महतले बताए ।

बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाईँ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राखेका थिए भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

 बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता महतले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ७ : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार