भारतको कश्मीरमा पर्यटकको आगमनमा वृद्धि | Khabarhub Khabarhub

भारतको कश्मीरमा पर्यटकको आगमनमा वृद्धि


३० आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको कश्मीरमा पर्यटकको आगमन वृद्धि हुन थालेको पाइएको छ । पछिल्ला दुई महिनामा कश्मीरमा ३ हजारभन्दा धेरै विदेशी पर्यटक पुगेका छन् ।

यसबाट पर्यटकीय गन्तव्यका रुपमा कश्मीरको पहिचान थप मजबुत हुँदै गएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार पछिल्लो समय विदेशी पर्यटकहरु गुलमर्ग, पहलगाम, शालिमार, निशात र चश्मे शाहीजस्ता क्षेत्रमा आउन थालेका छन् ।

यस वर्षको पहिलो ६ महिनामा यस क्षेत्रमा १९ हजार ५ सय ७० जना विदेशी पर्यटक पुगेका थिए । सोही अवधिमा कश्मीरमा अरु ९५ लाख आन्तरिक पर्यटक घुमफिरका लागि पुगेका थिए ।

यद्यपि गत अप्रिल २२ का दिन पहलगाममा भएको आतंककारी आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएपछि पर्यटकको आगमन सुस्ताएको थियो । तर, कश्मीरमा विस्तारै पर्यटकहरु आउने क्रम शुरु भएको जनाइएको छ ।

अधिकारीहरुका अनुसार सुदृढ भौतिक पूर्वाधार, दिगो पर्यटन प्रवद्र्धन कार्यक्रमजस्ता कारणले पर्यटकको आगमनमा वृद्धि भएको हो । यस वर्ष चाँडै हिमपात भएमा थप पर्यटकहरु कश्मीर पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहीबार  ५ : ४५ बजे

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते

गोरखा – सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित