भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज | Khabarhub Khabarhub

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका स्थानीयलाई झोलुङ्गे पुल बनेपछि सहज भएको छ । षडानन्द नगरपालिका–७ र ११ लाई जोडने ८० मिटर लामो पुल निर्माण भएपछि स्थानीयको वर्षौँको समस्या अन्त्य भएको हो ।

बर्खाको समयमा खोला ठूलो हुँदा तर्न नसकेर कतिपय समयमा खेतमा नै बास बस्नुपर्ने अवस्थामा पुल निर्माणले राहत मिलेको स्थानीयवासी चतुरमाया मगरले बताइन् । विगतमा खेत आउँदा उर्लिँदो भेल तरेर जानुपर्ने समस्या रहेको उनको भनाइ छ । अब भने जोखिम मोलेर काठको फड्केबाट खोला तर्नुपर्ने अवस्थाको अन्त्य भएको उनले खुशी व्यक्त गरिन् ।

यो खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको दैनिकी सहज बनेको स्थानीयवासी दीपबहादुर मगरले बताए । मुख्य रूपमा बर्खाको समयमा आवतजावतमा धेरै समस्या हुने गरेको उनको भनाइ छ ।

४८ लाख १२ हजार ८२५ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले बताए । स्थानीयको समस्यालाई ध्यानमा राखेर खकुवाखोलामा झोलुङ्गे पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । नगरपालिका क्षेत्रमा आवश्यक पर्ने अन्य झोलुङ्गे पुलको तथ्याङ्क लिएर निर्माणको कामलाई योजनाबद्ध रूपमा अघि बढाएको उनको भनाइ छ । (रासस)

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ७ : १६ बजे

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए 

म्याग्दी– म्याग्दीमा उत्पादन हुने कोदोका परिकारको विविधिकरण र बजारीकरण हुन

गफ जोतेर जीविका चलेको मुलुक !

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ ।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि…

पर्वत– सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

सुर्खेत– डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि

शहरी विकास मन्त्रालयले आज क्रिकेट मैदानको प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गर्दै

काठमाडौं – शहरी विकास मन्त्रालयले आज त्रिवि क्रिकेट मैदानको प्यारापिट