मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री भएन « Khabarhub

मुग्लिन–पोखरा सडक अपाङ्गतामैत्री भएन


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

तनहुँ- विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गतामैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँ सदरमुकाम दमौली बजारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि हिँडडुलमा समस्या भएको गुनासो गरेका हुन् ।

अपाङ्गाता भएका व्यक्तिहरूले शनिबार दमौली बजारको सडक अपाङ्गतामैत्री भए/नभएकोबारे परीक्षण गरेका छन् । तनहुँ नेत्रहीन सङ्घका अध्यक्ष विराजमान कुमालले सडक अपाङ्गतामैत्री नहुँदा दृष्टिविहीन अपाङ्गता भएकाहरूलाई समस्या भएको बताए । रिसेड तनहुँका महासचिव किशोर न्यौपानेले सडक निर्माणसँगै जेब्राक्रसिङ, टेक्सटाइलजस्ता क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए ।

व्यास नगरपालिका अपाङ्गता सहायता कक्षमा कार्यरत ह्वीलचियर प्रयोगकर्ता कृष्ण थापाले ह्वीलचियर प्रयोगकर्तालाई सडक अपाङ्गतामैत्री नभएको गुनासो गरे । उनले भने, ‘ह्वीलचियर प्रयोगकर्ताले कतिपय ठाउँमा जेब्राक्रसको प्रयोग गर्न मिल्ने अवस्था छैन । जेब्राक्रस त छ तर सडक पहुँचयुक्त छैन ।’

अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियानले मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा निर्माण गरिएको जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री बनाउन माग गर्दै सरोकारवालालाई हालै ज्ञापनपत्रसमेत बुझाएको छ ।

दमौली बजारको दुर्गामन्दिरदेखि बुल्दीखोलासम्म पहुँचयुक्ततासम्बन्धी अनुगमनका क्रममा जेब्राक्रस र फुटपाथ अपाङ्गतामैत्री नभएको देखिएकाले सो स्थानलाई अपाङ्गतामैत्री बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाइएको अपाङ्गता अधिकारकर्मी एवं अभियानका संयोजक मदन पौडेलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयदेखि तरकारी लाइनसम्मको फुटपाथ अति भिरालो र तरकारी लाइनदेखि सफासडकसम्मको फुटपाथ भिरालो भएकाले अपाङ्गतामैत्री नदेखिएको जनाइएको छ ।

दुर्गामन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथ मध्यभागमा पर्ने गरी बिजुलीका पोल राखिएकाले ह्वीलचियर प्रयोगकर्ता र सेतोछडी प्रयोगकर्ताहरू फुटपाथको प्रयोगबाट वञ्चित भएको उल्लेख गरिएको छ । 

दुर्गा मन्दिरदेखि बुल्दीखोलासम्मको दुवैतर्फको फुटपाथको मध्यभागमा पर्नेगरी बिजुलीका पोल राखिएकाले सेतोछडी प्रयोगकर्ताको सहजताका लागि राखिएको टेक्सटायलको प्रयोग गर्दा सिधै बिजुलीको पोलमा ठोक्किने समस्या रहेको जनाइएको छ ।

सफासडक चोकमा रहेको जेब्राक्रस पार गरी सडकको दुवैतर्फका फुटपाथहरुमा उक्लने र्याम्प नबनाउँदा समस्या भएको उल्लेख गरिएको छ । बागबजारमा बनाइएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्ने गरी डिभाइर राखिएको साथै दुवैतर्फका फुटपाथहरूमा उक्लने र्याम्प नबनाइएको जनाइएको छ । बुल्दीखोला पुल नजिकै भएको जेब्राक्रसबाट सडक वारपार गर्न नमिल्नेगरी डिभाइडर राखिएको उल्लेख गरिएको छ ।

अपाङ्गता अधिकारकर्मी पौडेलले भने, ‘उल्लेखित सडकखण्डमा रहेको सडक नालीमाथि राखिएको स्लाबबीचको ग्याप अधिक रहेकाले अपाङ्गता भएका व्यक्तिहरू दुर्घटना पर्ने अत्यधिक सम्भावना देखिएको छ ।’

जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको साझा मञ्चका रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियान तनहुँ क्रियाशील छ । यस अभियानले पहुँचयुक्तता, जनचेतना, पैरवी, सञ्जालीकरणमार्फत अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारका निम्ति काम गर्दै आएको छ । (रासस)

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ४० बजे

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

धुलिखेल-खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले