शान्ता चौधरीको अचार आउटलेटमा आगजनी : कारबाहीका लागि प्रहरीलाई अनुरोध « Khabarhub

शान्ता चौधरीको अचार आउटलेटमा आगजनी : कारबाहीका लागि प्रहरीलाई अनुरोध


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) नेतृ शान्ता चौधरीको अचारको आउटलेटमा आगजनी भएको छ। नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन्।

उनले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ। नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’

पूर्वसांसद चौधरीको अचार उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित शुक्रबार उद्घाटन भएको शाखामा आगजनी भएको हो ।

प्रहरीका अनुसार अचार उद्योगमा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । दमकलको सहयोगमा प्रहरीले तत्काल आगो निभाए पनि शुक्रबार उद्घाटन भएको उद्योगमा ठुलो क्षति भएको छ ।

शान्ताले आगजनी शंकास्पद भएको बताए पनि प्रहरीले आगो उद्योगबाटै उठेको अनुमान गरेको छ । आगजनीको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : ०९ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन