शान्ता चौधरीको अचार आउटलेटमा आगजनी : कारबाहीका लागि प्रहरीलाई अनुरोध « Khabarhub

शान्ता चौधरीको अचार आउटलेटमा आगजनी : कारबाहीका लागि प्रहरीलाई अनुरोध


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) नेतृ शान्ता चौधरीको अचारको आउटलेटमा आगजनी भएको छ। नेतृ चौधरीले आगजनीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन्।

उनले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगजनी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई। सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ। नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु।’

पूर्वसांसद चौधरीको अचार उद्योगको सुर्खेत वीरेन्द्रनगरस्थित शुक्रबार उद्घाटन भएको शाखामा आगजनी भएको हो ।

प्रहरीका अनुसार अचार उद्योगमा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । दमकलको सहयोगमा प्रहरीले तत्काल आगो निभाए पनि शुक्रबार उद्घाटन भएको उद्योगमा ठुलो क्षति भएको छ ।

शान्ताले आगजनी शंकास्पद भएको बताए पनि प्रहरीले आगो उद्योगबाटै उठेको अनुमान गरेको छ । आगजनीको क्षतिको विवरण भने आइसकेको छैन ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : ०९ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा