स्पीड स्केट च्याम्पेनसीप सम्पन्न | Khabarhub Khabarhub

स्पीड स्केट च्याम्पेनसीप सम्पन्न


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ललितपुर– एक दिवसिय ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पेनसीप २०२५ अन्तर्गत जुनियर तथा सिनियर विद्याका खेल शनिबार ललितपुरको यूएन पार्कमा भएको छन् । 

सो खेल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन र ग्लाइड सिटीको संयुक्त आयोजनामा भएको हो ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका महासचिव सत्य थापाका अनुसार खुला च्याम्पेनसीप अन्तर्गत भएका दुई वटै विद्याका खेलमा ५०, ५० जना खेलाडीको सहभागिता रहेको थिए । 

सो प्रतियोगितामा खेलाडीले जुनियरतर्फ १५० मिटर र सिनियरतर्फ २५० मिटरको छ फिट ट्याकमा खेलेका थिए 

जसमा जुनियरतर्फ सुवास श्रेष्ठ प्रथम, एन्जे शेर्पा दोस्रो र सुवर्ण अधिकारी तेस्रो भए भने सिनियरतर्फ रामु थारु प्रथम, विपिन मगर दोस्रो र आर्यन तेस्रो भएका छन् ।

विजयी खेलाडीलाई पूर्व खेलकूदमन्त्री महेश्वरसिंह गहतराज, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका अध्यक्ष अच्युत खनाल र प्रमुख प्रशिक्षक दिलिपराज बरालले नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा ग्लाइड सिटीका सञ्चालक बसन्त पन्तले अतिथिहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

यसअघि सो प्रतियोगिताको उद्घाटन गर्दे नेपाल ओलम्कि कमिटीकका अध्यक्ष जीवनराम श्रेष्ठले स्केटिंगमा बालबालिका र युवायुवतीको आरक्षण रहेकोले यो खेलको भविष्य सुन्दर रहेको बताएका थिए ।

ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पेनसीप २०२५ अन्तर्गत जुनियर तथा सिनियर विद्याको निर्णय मण्डलमा प्रमुख प्रशिक्षक दिलिपराज बराल, राष्टिय खेलाडीहरु कृपा पन्त, योगिना श्रेष्ठ, मुस्कान मगर, प्रयास खड्का रहेका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : २९ बजे

मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी

जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समिति

एनपीएलको दोस्रो संस्करण सोमबारदेखि, पहिलो खेलमा काठमाडौं र जनकपुर भिड्ने

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट

घट्यो निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या

काठमाडौं– राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु

श्रीलङ्काको पर्यटन क्षेत्र बलियो हुँदै, आम्दानीमा निरन्तर वृद्धि

कोलम्बो– श्रीलङ्का केन्द्रीय बैङ्कका अनुसार सन् २०२५ का पहिलो दस