चार महिनामा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु | Khabarhub Khabarhub

चार महिनामा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बनियानी– पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् ।

असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुईपाङ्ग्रे सवारीसाधन संलग्न छन् । 

प्रमुख प्रहरी निरीक्षक राईका अनुसार तीन सय ४५ दुर्घटना सवारीसाधनको सङ्ख्या भने चार सय ८८ छन् । तीमध्ये दुईपाङ्ग्रे तीन सय २६, चारपाङ्ग्रे ९३, मझौला ३४, ठूला ३२ र पहिचान हुन नसकेका तीनवटा सवारीसाधन रहेका उनले जानकारी दिए । 

सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार १०५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । कार्यालयले साउनमा दुई हजार ५६४, भदौमा एक हजार ९२७, असोजमा दुई सय ७१ र कात्तिकको हालसम्म एक हजार ३४३ वटा सवारीसाधनलाई कारबाही गरेको हो । 

सोबापत कार्यालयले ५९ लाख ८१ हजार ५३३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ४९ बजे

 निर्वाचन घोषणायता सात वटा नयाँ राजनीतिक दल दर्ता

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल

हात्तीको बथान झापा प्रवेश : सुरक्षित रहन आग्रह

झापा– डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको

मेक्सिको सिटीको विरोध प्रदर्शनमा झडप, १२० जना घाइते

मेक्सिको सिटी- राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन राजधानीमा

निर्वाचन आयोगमा दर्ता भए १२२ राजनीतिक दल, २८ वटा प्रक्रियामा

काठमाडौं- आगामी फागुन २१ गतेको निर्वाचनका लागि हालसम्म १२२ वटा

मालढुङ्गा–बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी