मधेशका मुख्यमन्त्रीविरुद्ध ७४ जना प्रदेशसभा सदस्यको रिटमाथि सुनुवाइ हुँदै « Khabarhub

मधेशका मुख्यमन्त्रीविरुद्ध ७४ जना प्रदेशसभा सदस्यको रिटमाथि सुनुवाइ हुँदै


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध त्यहाँका ७४ जना प्रदेश सभा सदस्यहरूले दायर गरेको रिटको सुनुवाइ हुँदैछ ।

उक्त रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा आइतबार पेशी तोकिएको छ।

नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरूले केही दिनअघि रिट हालेका थिए ।

उनीहरूले मुख्यमन्त्रीमा यादवको नियुक्ति प्रक्रिया संविधानविपरीत रहेको भन्दै खारेजीको माग गरेका थिए । यादवलाई गत गत कात्तिक २५ मा बर्खास्तीमा परेकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस होटलमा नियुक्ति र शपथ खुवाएकी थिइन् ।

निवर्तमान मधेश प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । मुख्यमन्त्रीमा नियुक्त भएका यादवको शपथग्रहण पनि पानस होटलमै भएको थियो ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ (२) बमोजिम बहुमतकै सरकार बन्नुपर्ने रिट निवेदकको माग दाबी गरेको छ ।

मुख्यमन्त्रीमा यादवको नियुक्तिलाई लिएर मधेश यतिबेला अशान्त रहेको छ । मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दल यतिबेला आन्दोलनमा उत्रिएका छन् । अहिले पनि त्यहाँ आन्दोलन छ । अहिले मधेशमा सभामुख र उपसभामुखबीचको कलहले उग्र रुप लिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : ०९ बजे

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार