‘जेन-जी आन्दोलनको आगजनी नियन्त्रण गर्न महानगरको दमकलको भूमिका महत्त्वपूर्ण’ « Khabarhub

‘जेन-जी आन्दोलनको आगजनी नियन्त्रण गर्न महानगरको दमकलको भूमिका महत्त्वपूर्ण’


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेन-जी आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ललितपुर महानगरको दमकल सेवाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

आइतबार ललितपुरमा महानगरको सेवा प्रवाहहरुको बारेमा तयार पारिएको ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक श्रव्य–दृश्य सामग्री प्रदर्शनी कार्यक्रममा महर्जनले जेन-जी आन्दोलनका क्रममा भएको आगजनीलाई नियन्त्रणमा लिन ७९ पटक अत्याधुनिक दमकल परिचालन गरेको जानकारी दिए । 

उनले आन्दोलनका क्रममा भएको आगलागी नियन्त्रणमा ललितपुरको दमकलले गरेको सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा भइरहेको जिकिर गरे ।

प्रमुख महर्जनले अहिले महानगरसँग फर्मसहितको अत्याधुनिक दमकल रहेको जानकारी दिए । उनले विपद्को समयमा ललितपुरमा मात्रै सीमित नगरी अन्य जिल्लाहरूमा समेत दमकल परिचालन गरिएको बताए ।  

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठले विपद्का समयमा नजिकका नगरसँग सहकार्य गर्दै अघि बढ्न जरुरी भएको बताए । आवश्यक परेको खण्डमा एउटा नगरको नगर प्रहरीलाई अर्को नगरमा परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : ४० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार