‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू) « Khabarhub

‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा रहेका समुदाय, युवा, नागरिक समाज संस्था , कार्यकर्ताहरू र सचेत नागरिकहरूले जलवायु न्यायको लागि सशक्त आवाज उठाए ।

कपको बीचको साता पर्ने सप्ताहान्तलाई विश्वभर ‘ग्लोबल डे अफ एक्शन’ का रूपमा मनाइने गरिन्छ ।

मुस्ताङदेखि सप्तरीसम्मका समुदायहरू आफ्नो पीडा र माग सार्वजनिक गर्न सडकमा उत्रिए । सन् २०२३ को अगस्टमा भीषण बाढी र डिब्रीमा थिचिएको मुस्ताङको कागबेनी समुदाय अझै क्षतिपूर्तिबिना विस्थापित जीवन बिताइरहेका छन् । 

वर्षा छायाँ क्षेत्र मानिने मुस्ताङमा आएको अनपेक्षित वर्षाले बस्तीमै ठूला मात्रामा डिब्री बगाएर पुर्‍याएको थियो । उनीहरूले कम्युनिटी एक्सेस टु लस एण्ड ड्यामेज फन्ड तथा जलवायु पीडितका लागि न्यायको माग दोहोर्‍याएका छन् ।

यस्तै, सन् २०२१ को अक्टोबरमा परेको लगातार भारी वर्षाले तराईका सयौँ किसानको बाली बगाएको थियो । अन्न काट्न तयार पाखाभरीको धान नष्ट भएको तीन वर्ष बितिसक्दा पनि धेरै खेत आजसमेत बालुवाको तहले ढाकिएको छ । यसले जलवायु विपद्को दीर्घकालीन प्रभाव अझै समाप्त नभएको स्पष्ट पार्छ ।

समुदायहरूसँग एकता जनाउँदै काठमाडौँ र विराटनगरका युवाहरूले समेत नोक्सानी तथा क्षति कोष शीघ्र सञ्चालन गर्न तथा समुदायलाई प्रत्यक्ष पहुँच सुनिश्चित गर्न माग गरे । 

उनीहरूले जलवायु समाधानको नाममा ठूला निगमहरू र विश्व उत्तरी देशहरूले अघि बढाइरहेका “भ्रान्त समाधानहरू”लाई पनि खारेज गर्दै वास्तविक न्याय केन्द्रित प्रणाली परिवर्तनको आवश्यकता जोड दिए ।

यही सन्देश सहित, कप ३० का क्रममा ब्राजिलको बेलेम तथा विश्वका विभिन्न शहरहरूमा पनि सामूहिक आन्दोलन जारी रहनेछ। ग्लोबल डे अफ एक्शन विश्वभरका जनताको न्याय, समानता र मुक्तिका लागि भइरहेको साझा संघर्षको प्रतीक बनेको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : ५२ बजे

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका