ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ? « Khabarhub

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन् ।

प्रेस चौतारी नेपालको टिमसँग आफ्नै निवास गुण्डुमा आइतबार बिहान छलफल गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

उनले वर्तमान सरकार संविधानबाट पनि नबनेको, संसद्बाट नबनेको, दलबाट नबनेको, जेन-जीबाट नबनेकोले यो सरकार कस्को भन्ने प्रश्न गरेका छन् ।

‘यो सरकार कसको प्रतिनिधि हो ? जेन-जीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिन भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्थै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गरे ‘आखिर यो सरकार कसको हो ?’

बेवारिसे सरकारले तोडफोड र आगलागीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको बताए । यस प्रकारका अपराधी पक्राउ नपर्नु र निर्दोषलाई पक्रन, स्थान हद गर्न सरकार विभिन्न समूहका नाममा माग पत्र,ज्ञापन पत्र बुझाउनुमा पनि सरकारकै हात रहेको अध्यक्ष ओलीको भनाइ छ ।

‘विभिन्न नामका समुह खडा गरेर कहिले २४ गतेका विध्वंस्कारीलाई पक्रन हुदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ । कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्यो भन्न लगाएको छ’ अध्यक्ष ओलीले भन्नुभयो ‘यो कुनै जेन-जी समुहले गरेको होइन । सरकारले आफैं यस्ता समूह खडा गरेर,आफैं ज्ञापन पत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।’

यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरुसँग भएको उनले बताएका छन् ।

गृहमन्त्रीले यस प्रकारका अपराधीलाई पक्राउ नगर्न निर्देशन दिनुले देशमा दण्डहीनतालाई प्रश्रय दिएको उनको भनाइ छ ।

अध्यक्ष ओलीले मुलुकको अनिश्चयलाई सही बाटोमा ल्याउन संसद् पुनर्स्थापना एक मात्रै विकल्प भएको बताए ।

‘असंवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनस्र्थापना गरेर मात्र देशलाई सही बाटोमा हिडाउन सकिन्छ’ अध्यक्ष ओलीले भने, ‘यदि यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस्छ । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स अहिले नै करेक्सन गर्नु पर्दछ । ’

संसद् विघटनलाई सिंगो देशले नै अस्वीकार गरेको उनले बताएका छन् ।

‘अहिलेको संसद विघटनलाई सिंगो देशले अस्वीकार गरेको छ । सबै वडाहरुले अस्विकार गरेका छन् । पालिकाहरूले अस्विकार गरेका छन् । जिल्लाहरुले अस्विकार गरेका छन् ’ अध्यक्ष ओलीले भने ‘त्यसको प्रमाणको रुपमा एमाले वडामा उल्लेख्य जनताको सहभागितामा भएका भेला,पालिकाका जनप्रदर्शन र हिजो देशैभर भएका जनसभालाई हेर्न सकिन्छ । एमालेले सञ्चालन गरेका यी कार्यक्रममा ठूलो संख्यामा जनता उर्लिएर अहिलेको सरकार र यसका कदमलाई अस्वीकृत गरिसके ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई पञ्चायतकालिन अवस्थामा पुर्‍याएको बताए ।

‘पञ्चायतकालमा संविधानमा नै प्रेस स्वतन्त्रता थिएन । अहिले संविधानमा त प्रेस स्वतन्त्रता छ तर अहिले व्यवहारमा छैन ’ प्रेस चौतारीको टिमसँग अध्यक्ष ओलीले भने ‘सेल्फ सेन्सरसिप लागु भएको छ । पत्रकारले आफूले देखेको, अनुसन्धान गरेका विषयहरु सहजै लेखेमा उनीहरुमा सरकारबाट खतरा छ । त्यसैले सेल्फसेन्सरसिपको मार पत्रकारले खेपिरहेका छन् ।’

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १ : ५३ बजे

प्रलोपा अध्यक्ष परियार भन्छन् : पार्टी एकढिक्का छ, नेताहरू निर्वाचनमा होमिएका छन्

काठमाडौं- डा. बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील

बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद

ढोरपाटन– बागलुङमा ठूलो सङ्ख्यामा भरुवा बन्दुक बरामद गरिएको छ ।

लगातर १६ फिल्म बक्स अफिसमा फ्लप, स्टारले नै पुर्‍याउन सकेनन् करोड ‘ग्रस कलेक्सन’

काठमाडौं – पछिल्लो समय नेपाली फिल्महरू बक्स अफिसमा एकपछि अर्को

प्रधानमन्त्रीसँग श्रीलंकाका राजदूतको भेट

काठमाडौं– नेपालका लागि श्रीलंकाकी नवनियुक्त राजदूत महामहिम रुवान्थी डेल्पिटियाले प्रधानमन्त्री