घट्यो निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या « Khabarhub

घट्यो निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु गरेसँगै निर्वाचन कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या घटेको छ ।  

मतदाता नामावलीका निर्वाचन कार्यालयमा चाप बढेपछि निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलनको व्यवस्था गरेको थियो । 

त्यसपछि कार्यालय पुगेर नामावलीमा नाम दर्ता गर्नेको संख्या कम भएको काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । उनले राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु गरेपछि नयाँ मतदाताको संख्या वृद्धि हुन थालेको बताए ।

निर्वाचन घोषणा भइसकेपछि मुलुकभर २ लाख ८५ हजार भन्दा बढिले निर्वाचन कार्यालय पुगेर मतदाता नामावली दर्ता गरिसकेको उनले जानकारी दिए । त्यस्तै राष्ट्रिय परिचयपत्र प्रयोग गरेर तीन दिनको अवधिमा दुई लाख भन्दा बढिले नाम दर्ता गराएको उनले बताए ।

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर आयोगले मतदाता नामावली र अद्यावधिक कार्य सञ्चालन गरेको हो ।

निर्वाचन आयोगले यसअघि कार्तिक ३० गतेसम्म नाम दर्ता गराउन सकिने व्यवस्था गरेकोमा पाँच दिन समय बढाउँदै आगामी मङ्सिर ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : ५१ बजे

मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ – यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले

सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

काठमाडौं – नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर

सामूहिक अलैँची खेतीबाट एउटै टोलको आम्दानी एक करोड १७ लाख

काठमाडौं – संखुवासभाको एउटै गाउँका किसानले अलैँची खेतीबाट एक करोड

प्राध्यापकको कटाक्ष- ‘लोकसेवा फेल र दलका कार्यकर्ताले पाठ्यपुस्तक लेख्दा नेपाली भाषा ध्वस्त’

नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ।