जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने « Khabarhub

जसपा नेपालले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य थप गर्ने


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार सात कार्यकारिणी सदस्यहरूको पदपूर्ति गर्दा मधेशी दलित एक, महिला दुई, मुस्लिम एक र खुला तीन रहनेछन् । आगामी केन्द्रीय समितिको बैठकबाट निर्वाचनद्वारा उपरोक्त पदहरूको पदपूर्ति गरिने बस्नेतले बताए ।

पदाधिकारी तथा सदस्य थप गरेसँगै जसपा नेपालको पदाधिकारी २१ सदस्यीय र केन्द्रीय कार्यकारिणी समिति ४१ सदस्यीय हुनेछ । जसपा नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको जनाइएको छ । रासस
 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  २ : ५६ बजे

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी