निर्वाचन घोषणायता सात वटा नयाँ राजनीतिक दल दर्ता « Khabarhub

 निर्वाचन घोषणायता सात वटा नयाँ राजनीतिक दल दर्ता


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् ।  

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणा भएदेखि आइतबारसम्म सात वटा नयाँ राजनीतिक दल दर्ता भएको र सात वटा राजनीतिक दल खारेज भएको जानकारी दिए । हालसम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेको उनले बताए ।

त्यस्तै प्रवक्ता भट्टराईले २८ वटा दल दर्ताको प्रक्रियामा नै रहेको जानकारी दिए । दर्ताको प्रक्रियामा रहेका दलले कागजात पुरा गर्न नसके प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन नपाउने आयोगले जनाएको छ ।

 आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता आह्वान समेत गरिसकेको छ । प्रवक्ता भट्टराईले आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने जानकारी दिए ।  

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न सूचना प्रकाशन गरिसकेको छ ।  

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : १३ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन