निर्वाचन घोषणायता सात वटा नयाँ राजनीतिक दल दर्ता « Khabarhub

 निर्वाचन घोषणायता सात वटा नयाँ राजनीतिक दल दर्ता


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् ।  

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणा भएदेखि आइतबारसम्म सात वटा नयाँ राजनीतिक दल दर्ता भएको र सात वटा राजनीतिक दल खारेज भएको जानकारी दिए । हालसम्म १ सय २२ वटा राजनीतिक दल निर्वाचन आयोगमा कायम रहेको उनले बताए ।

त्यस्तै प्रवक्ता भट्टराईले २८ वटा दल दर्ताको प्रक्रियामा नै रहेको जानकारी दिए । दर्ताको प्रक्रियामा रहेका दलले कागजात पुरा गर्न नसके प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन नपाउने आयोगले जनाएको छ ।

 आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता आह्वान समेत गरिसकेको छ । प्रवक्ता भट्टराईले आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने जानकारी दिए ।  

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न सूचना प्रकाशन गरिसकेको छ ।  

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : १३ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट