चितवनका माओवादी कार्यकर्ताद्वारा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा « Khabarhub

चितवनका माओवादी कार्यकर्ताद्वारा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनका नेकपा माओवादी केन्द्रका विभिन्न तहमा रहेका कार्यकर्ताहरूले प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा गरेका छन् ।  

आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले कम्युनिस्ट एकतामा सहभागी नभई देश र जनता र युगबोध अनुसार नयाँ ढगले राजनीतिक पुनर्गठन गर्ने उद्देश्यले प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको घोषणा गरेका हुन् ।

प्रगतिशील राष्ट्रिय अभियान चितवन जिल्ला घोषणा गर्दै चितवनका संयोजक दीपक शाहीले देशमा सुशासन स्थापना भ्रष्ट्राचार नियन्त्रणका युगबोध अनुसारको राजनीतिक दल निर्माण गर्दै एक व्यक्तिवादी निरकुंश केन्द्रीयतामा चल्दै आएको पार्टी सञ्चालन पद्धतिलाई अन्त्य गरिने बताए । उनले जनताद्वारा जनतामाथि चल्ने विशुद्ध जनवादी संरचना तथा शासन प्रणाली स्थापित गर्ने मूल लक्ष्य हुने उल्लेख गरे ।

त्यस्तै प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएका नेता सुदर्शन पौडेलले जेन-जी आन्दोलनपछि पनि दलहरू सच्चिने अवस्था नदेखिएपछि एकता प्रक्रियाबाट अलग भएको बताए । 

मुलुकमा राजनीतिक परिवर्तन भए पनि जनताको समस्या समाधान हुन नसकेपछि जेन-जी विद्रोह भएको र अव सबैले त्यसको भावनालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अन्य नेताहरूले देशलाई जनताको चाहना अनुरूप अघि बढाउनका लागि प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुन आह्वान गरेका थिए । 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : ४४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ