निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत « Khabarhub

निर्वाचन आयोगद्वारा दुर्गा प्रसाईँको नागरिक बचाउ दल सनाखत


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायी दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरिएको छ ।

यसअघि नै दर्ताका लागि निवेदन दिएको सो पार्टीका नेताहरू आइतबार आयोग पुगेर सनाखत गरेका हुन् । प्रसाईँले आफ्नो नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन्, तर नागरिक बचाउ दलको सभापतिमा भने नागरिक बचाउ महाअभियानका प्रवक्ता माधव खतिवडालाई तोकिएको छ ।

निर्वाचन आयोगमा सनाखत गरेपछि नागरिक बचाउ दलका सभापति माधव खतिवडाले कार्तिक २३ गते दल दर्ताको निवेदन दिएकोमा आइतबार सनाखत गरिएको जानकारी दिए ।

उनले अहिले धेरै पार्टी दर्ता भए पनि अन्य पार्टीभन्दा आफ्नो दल अलग रहेको दाबी गरे । जनताका आधारभूत एजेन्डालाई लिएर निर्वाचनमा सहभागी हुने उनले बताए ।  

उनले हाल पार्टीको २९ जना प्रारम्भिक समिति गठन गरिएको जानकारी दिए । 

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ३ : ५८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार