नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्रीको कर्मचारीलाई निर्देशन « Khabarhub

नवपुस्तालाई न्यायको अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्रीको कर्मचारीलाई निर्देशन


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुप काम गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउने गरी कार्य गर्न आफू मातहतका निकायलाई निर्देशन दिएका छन् ।

आइतबार गृह मन्त्रालयमा आयोजित गृह सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठकमा विशेष उपस्थिति जनाउँदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीहरूले एक्टिभिष्ट जसरी आ(आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए ।

‘अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेर भन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मूलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिश्चितता कायम गर्ने गरी जिम्मेवारी बहन गर्न निर्देश गर्दछु’, मन्त्री अर्यालले बैठकमा भने ।

मन्त्री अर्यालले विभागीय प्रमुखहरूलाई आ(आफ्नो मातहतका कार्यालयहरूको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न निर्देशन गर्दै भने, ‘बढीभन्दा बढी कर्मचारीहरूले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूति महसुश गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु।’

उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेन-जी समन्वय समिति र पीडितहरूका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिए मात्रै बाहिर अरूले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए ।

बैठकमा गृहमन्त्री अर्यालले घाइतेहरूको राहत कार्यविधि छिट्टै टुंग्याउने र जेन-जी घाइतेहरूलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए ।

गृह सचिव रामेश्वर दंगाले मन्त्रालयले र आफू मातहतका कर्मचारीहरूले गरेको कार्यसम्पादनमा आफू सन्तुष्ट नै रहेको र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दर्जन बढी नियमावलीहरू जस्तै राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावली लगायत संशोधन भइसकेका र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको बैठकमा जानकारी दिए ।

सचिव दंगालले मातहतका प्रमुखहरूलाई मन्त्रालयको तत्काल सुधार कार्य योजनालाई प्राथमिकतामा राखी काम गर्न पनि निर्देशन दिए । 

भदौ २३ गतेको घटना पछि मन्त्रालयमा काम गर्ने शैलीमा हिजोभन्दा आज आकाश जमिनको फरक आएको बताउँदै, कर्मचारीहरूलाई त्यसै अनुरूपको भावना कायम राख्न निर्देशन दिए ।
 
बैठकमा मन्त्रालय अन्तर्गतका रहेका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुखहरूले आफ्नो क्षेत्रका प्रगति र बस्तुस्थितबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ४ : २४ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट