श्रम गर्न जनता अब विदेश जानु पर्दैन, हामी शक्तिको ज्वाला सिर्जना गर्छौँ : वामदेव गौतम « Khabarhub

श्रम गर्न जनता अब विदेश जानु पर्दैन, हामी शक्तिको ज्वाला सिर्जना गर्छौँ : वामदेव गौतम


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले देशका सातै प्रदेशमा सन्देश सभा गर्ने बताएका छन् ।

ती सभाहरूबाट आफूहरूको दल नेकपाको शक्तिको ज्वाला देखाउने उनले बताएका छन् ।

नवगठित दलका पदाधिकारीहरुको बैठक बसेर एकताको सन्देश दिन कार्यक्रम तय गरिएको उनले बताए । पेरिसडाँडामा भएको बैठकबाट आइतबार बाहिरिने क्रममा गौतमले समाजवाद निर्माण गर्न आफ्नो दल अघि बढ्ने बताए ।

‘अब हामी समाजवाद निर्माण गर्छौं । देशका जति समस्या छन्, समाधान गर्ने सन्देश दिन्छौं । देशलाई सुन्दर बनाउँछौं । नेपालमै श्रम गर्ने हो, श्रमका लागि विदेश जानुपर्दैन भनेर आश्वस्त पार्न जनताबीचमा जान्छौँ’, उनले भने, ‘सबै ठाउँमा शक्तिको ज्वाला सिर्जना गर्छौं । नेपालको सुरक्षा र रक्षा गर्छौं । जनतालाई समृद्ध पार्छौं । सातै प्रदेशमा सन्देशसभा आयोजना गरेर जनतालाई ढुक्क बनाउँछौँ ।’

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ५ : ४६ बजे

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२