स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन « Khabarhub

स्वास्थ्य मन्त्रालयद्वारा कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देशन


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देश गरेको छ ।  

मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीले आज सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचरण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिएका हुन्  । 

उनले मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानुनले निर्धारण गरेको आचारसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको गुनासो आएकाले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५२ देखि ६८ मा भएका आचारसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गरिएको बताए । 

समय पालना र नियमितता, अनुशासन, राजनीतिक प्रभाव पार्न नहुने, राजनीतिमा भाग लिन नहुने, सरकारको आलोचना गर्न नहुनेलगायतका आचरण पालन गर्न भनिएको हो । 

यस्तै, सेवा ऐनमा कम्पनीको स्थापना र सञ्चालन, व्यापार–व्यवसाय तथा निजी रूपमा अभ्यास गर्न नहुने, राजनीतिक पदका लागि निर्वाचनमा भाग लिन नपाइने, हडताल र प्रदर्शनी गर्न नपाइनेलगायत आचरण पालना गर्नसमेत भनिएको छ । 

मन्त्रालयले कुनै पनि राष्ट्रसेवक कर्मचारीले कानुनले निर्धारण गरेको अनुशासन र पेसागत आचरण पालना गर्दै आफ्नो जिम्मेवारी निष्ठताका साथ सम्पादन गर्न पनि आग्रह गरेको छ । रासस

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ६ : ३८ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार