हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने « Khabarhub

हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ ।

शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छ भने त्यति नै परिमाणमा बिक्री वितरणसमेत भइरहेको छ ।

उgका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरेको छ । 

‘चालु आवमा १२ हजार ९५३ मेट्रिक टन मल प्राप्त भएको छ भने गत आवको समेत कार्यालयमा ८७३ मेट्रिक टन मल मौज्दात छ’, उनले भने ।

शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५ मेट्रिक टन बिक्री वितरण गरिएको छ ।

हाल शाखामा युरिया एक हजार १०० मेट्रिक टन, डिएपी छ हजार मेट्रिक टन र पोटास पाँच सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजवंशीले जानकारी दिए । 

उनका अनुसार युरिया प्रतिबोरा आठ सय आठ रुपैयाँ ५० पैसा, डिएपी प्रतिबोरा दुई हजार २५८ रुपैयाँ ५० पैसा, पोटास प्रतिबोरा एक हजार ६५८ रुपैयाँ ५० पैसा र कृषि चुन प्रतिबोरा दुई सय १५ रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ११ : ५७ बजे

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार– पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौँ– चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुर– गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम

युवापुस्तामा किन बढ्दै छ माइग्रेन र नसा च्यापिने समस्या ?

काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास